ईडीको समनबीच एन्टालीका विधायक सन्दीपन साहाको घरमा पुगे मदन मित्रा
ईडीको समनबीच एन्टालीका विधायक सन्दीपन साहाको घरमा पुगे मदन मित्रा


कोलकाता, 15 जुलाई (हि.स.)। पश्चिम बङ्गालको परिवर्तनशील राजनीतिक परिस्थितिबीच तृणमूल कङ्ग्रेसका वरिष्ठ विधायक मदन मित्रा एन्टालीका विधायक सन्दीपन साहाको आवासमा पुग्नाले राजनीतिक अड़कलहरू तीव्र भएका छन्। गए मङ्गलवार राती मदन मित्राले सन्दीपन साहाको तालतलास्थित घरमा पुगेर उनका पिता एवं एन्टालीका पूर्व तृणमूल विधायक स्वर्णकमल साहासित लगभग दुई घण्टासम्म भेटघाट गरे।

यो भेट यस्तो समयमा भएको छ जतिबेला कथित रूपमा कथित नगरपालिका भर्ती घोटालाको जाँचमा प्रवर्तन निदेशालय (ईडी)-ले मदन मित्राकी पत्नी औ दुवै छोराहरूलाई जाँचबुझको लागि समन जारी गरेको छ। यस स्थितिमा भएको यस बैठकलाई लिएर राजनीतिक जगतमा विभिन्न चर्चाहरू शुरू भएका छन्।

सूत्र अनुसार मदन मित्राको सन्दीपन साहासित भेट हुन नसके पनि दुई नेताबीच फोनमा बातचित भयो। सन्दीपन साहाले भने, मदन मित्रा लामो समयदेखिकै सङ्गठनका वरिष्ठ नेता रहँदै आएका छन्। उनले भेट गर्ने इच्छा व्यक्त गरेका छन्। भेट भएपछि नै उनको चाहना के हो र भविष्यमा उनको राजीतिक दिशा के हो, स्पष्ट हुनेछ।

राजनीतिक गल्लीहरूमा यो पनि चर्चा छ, मदन मित्रा कथित असल तृणमूल खेमाका नेताहरूको सम्पर्कमा छन्। तथापि यस सम्बन्धमा अहिलेसम्म मदन मित्राको पक्षबाट कुनै आधिकारिक बयान आएको छैन।

सूत्रको भनाइ छ, दुई नेताबीच बुधवार फेरि फोनमा बातचित हुनसक्छ जसपश्चात राजनीतिक स्थिति अझ् स्पष्ट हुने सम्भावना छ। हाल यस भेटले राज्यको राजनीतिमा नयाँ अड़कहरूलाई जन्म दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande