मेदिनीपुरमा सड़क चौड़ाकरणको लागि 41 वटा पसलहरूलाई बेदखली नोटिस
मेदिनीपुरमा सड़क चौड़ाकरणको लागि 41 वटा पसलहरूलाई बेदखली नोटिस


पश्चिम मेदिनीपुर, 15 जुलाई (हि. स.)। मेदिनीपुर शहरमा एक पटक फेरि बेदखली अभियानको तयारी शुरू भएको छ। यसपालि पञ्चपुरकदेखि गोलकुआ चौकसम्म सड़क किनारमा रहेका 41 वटा पसलहरूलाई आगामी 10 दिनभित्रमा हटाउने निर्देश दिँदै लोक निर्माण विभागले नोटिस जारी गरेको छ। निर्देश पालन नगर्ने पसल तथा निर्माणहरूलाई ध्वस्त बनाउने चेताउनी दिइएको छ।

गए मङ्गलवार अपरान्ह विभागीय कर्मीहरूले क्षेत्रमा पुगेर पसलेहरूलाई नोटिस सुम्पिए। ताला लागेका पसलहरूको शटरमा नोटिस टाँसियो। यसरी विभागीय नोटिस जारी भएकोले क्षेत्रमा चिन्ता व्याप्त भएको छ।

पसलेहरूको एक वर्गको भनाइ छ, उनीहरूले पछिल्लो 20 वर्षभन्दा अधिक समयदेखिको यहाँ व्यवसाय गरेर आफ्नो परिवार धान्दै आइरहेका छन्। एक दिन निश्चय पनि विभागको जमीनलाई खाली गर्नुपर्छ भन्ने कुरा उनीहरूलाई राम्ररी थाहा थियो। तर भर्खरै उनीहरूलाई यो सूचना प्राप्त भएको थियो कि दुर्गा पूजासम्मको समय दिनसक्छ। यसैको आधारमा उनीहरू वैकल्पिक व्यवस्था गर्ने तयारीमा थिए। तर पूजा अगावै बेदकली नोटिस पाएकोले उनीहरू अनिश्चिततामा परेका छन्।

उल्लेखनीय छ, यस्घि पनि मेदिनीपुर बसअड्डा क्षेत्रमा सड़क किनारमा अवस्थित केही पसलहरूलाई हटाउने पहल गरिएको थियो। अब सोही क्रममा पञ्चपुरकदेकि गोलकुआसम्म अभियान चलाउने तयारी गरिँदैछ।

अर्कोतिर गए मङ्गलवार अबेर साँझ प्रभावित पसलेहरूले बेदखलीपूर्व पुनर्वासको व्यवस्था गर्ने माग गरे। उनीहरूको भनाइ छ, वैकल्पिक व्यवस्था नगरी पसलहरूलाई हटाइएकोले धेरै परिवार आजीविकाको सङ्कटमा पर्नेछन्। दुर्गापूजापूर्व उनीहरूलाई गम्भीर आर्थिक कठिनाइको सामना गर्नुपर्नेछ। विधायकसित भेट गरेर यस विषयमा कुरा गर्ने पनि बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande