
कानपुर, 15 जुलाई (हि.स.)। काकादेव क्षेत्रस्थित एक निजी छात्रावासमा बस्दै आइरहेकी पोलिटेक्निककी छात्राले गए अबेर राती फाँसी लगाएर आत्महत्या गरिन्। घटनाको जानकारी छात्रावास सञ्चालिकाले पुलिसलाई दिइन्। पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर जाँच शुरू गऱ्यो। कोठाबाट सुसाइड नोट प्राप्त भएको छ जसको आधारमा मामिलाको जाँच गरिँदैछ।
घाटमपुरको जवाहर नगर निवासी राम सिंहासन सचानले ट्रान्सपोर्टको काम गर्दछन्। परिवारमा पत्नी रीना, जेठी छोरी आशी सचान औ कान्छी छोरी पूर्वी सचान (19) थिए। परिवारजन अनुसार जेठी छोरीले बीएससीको पढ़ाई गरिरहेकी छन् भने पूर्वी पोलीटेक्निककी छात्रा थिइन्। पहिला उसले दिनहुँ कानपुरबाटै आएर पढ़ाई गरिरहेकी थिइन्, तर आवागमनको समस्याले गर्दा लगभग 15 दिनअघिदेखि काकदेवस्थित एक छात्रावासमा बस्न थालेकी थिइन्।
भनिन्छ, गए मङ्गलवार राती छात्राले आफ्नो कोठाभित्रै फाँसी लगाएर आत्महत्या गरिन्। अबेर राती छात्रावासकी सञ्चालिका आँचल कटियार त्यहाँ पुग्दा छात्राको शव झुण्डिरहेको अवस्थामा पाइन्। त्यसपछि उनले तत्कालै काकादेव पुलिसलाई सूचना दिइन्।
सूचना पाउनसाथ एडीसीपी सेन्ट्रल डा. अर्चना सिंह औ स्थानीय पुलिस घटनास्थलमा पुगे। फोरेन्सिक टीमलाई बोलाएर घटनास्थलबाट प्रमाण एकत्र गरियो। पुलिसले कोठाबाट एउटा सुसाइड नोट फेला पारेको छ जसमा छात्राले लेखेकी थिइन्, अब उसका आमा-बुवालाई उसको पढ़ाई अनि विवाहको लागि चिन्ता गर्नु पर्दैन। पुलिसले नोटलाई कब्जामा लिएर जाँच शुरू गरेको छ।
आमा रीनाले बताइन्, बिहान लगभग सात बजे उनको छोरीसित अन्तिम पटक बातचित भएको थियो। त्यसबेला उनले चाँड़ै उठेर खाना बनाउने कुरा गरेकी थिइन्। राती लगभग 9 बजे दुई पटक फोन गरियो, तर कल रिसीभ भएन। परिवारजनले सोचे, पढा़ई वा थकानले गर्दा सुतेकी होली। अबेर राती छात्रावास सञ्चालिकाको फोन आएपछि घटनाको जानकारी प्राप्त भयो जसपश्चात परिवारमा कोकोहोलो मचियो।
काकादेव थाना प्रभारी धर्मेन्द्र कुमार रामले बताए, घटनास्थलबाट सुसाइड नोट जफत गरिएको छ। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिसले सबै पक्षको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा