ब्राउन शुगरको साथ दुई युवक पक्राउ
ब्राउन शुगरको साथ दुई युवक पक्राउ


सिलगढ़ी, 15 जुलाई (हि.स.)। लागुऔषध विरुद्ध ठूलो कारबाही गर्दै पुलिसले दुई युवकलाई पक्राउ गरेको छ। मंगलबार अबेर राति नयाँ जलपाइगढ़ी पुलिस स्टेशन र स्पेशल अपरेशन ग्रुप (एसओजी) को संयुक्त टोलीले प्राप्त सूचनाको आधारमा तीनबत्ती मोड़ क्षेत्रमा छापा माऱ्यो। पक्रा पर्नेमा इस्लामपुर निवासी ममन राजा र खरिबुल आलम रहेका छन्।

पुलिस अनुसार, दुवै आरोपी इस्लामपुरबाट लगभग 250 ग्राम ब्राउन शुगर लिएर बसमा सिलगढ़ी पुगेका थिए। तीनबत्ती मोड़मा बसबाट ओर्लेर लागुऔषध बेच्न पर्खिरहेका उनीहरुलाई पुलिसले घेरा हालेर पक्राउ गरेको हो। खोजीका क्रममा आरोपीदेखि 250 ग्राम ब्राउन शुगर र एउटा मोबाइल जफत भएको छ। पुलिसले आरोपीहरु विरुद्ध सम्बन्धित धारा अन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही अघि बढ़ाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande