
नयाँ दिल्ली, 16 जुलाई (हि.स.)। दिल्लीका शहरी विकास मन्त्री आशिष सूदले बिहीवार भलस्वास्थित ईडब्ल्यूएस (आर्थिक रूपमा कमजोर वर्ग) आवास परियोजनाको निरीक्षण गरे। उनले भने, दिल्ली सरकारले राजधानीका झोपड़ी बस्तीहरूमा बस्ने गरीब परिवारहरूलाई सम्मानजनक आवास उपलब्ध गराउनको लागि ईडब्ल्यूएस फ्ल्याटहरूको कार्यलाई तीव्र गतिमा पूरा गरिरहेको छ।
मन्त्री आशीष सूदले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको ग्यारन्टीलाई पूरा गर्ने उद्देश्यले पहिलाबाटै निर्मिति पुराना आवासहरूलाई पुनः डिजाइन गरी विस्तार गरिँदैछ ताकि त्यसलाई प्रधानमन्त्री आवास योजना (पीएमएवाई)- का आधुनिक मानदण्ड अनुरूप बनाउन सकियोस्। उनले परियोजना स्थलमा भइरहेको विस्तार एवं मरम्मत कार्यको विस्तृत निरीक्षण गरे।
मन्त्री सूदले भने, प्रधानमन्त्रीको मार्गदर्शनमा यी आवासहरूको आकारलाई बढ़ाइंदैछ। करदाताहरूको धनको सर्वोत्त उपयोग सुनिश्चित गर्नको लागि पहिलाबाटै निर्मित संरचनाहरूलाई न्यूनतम चार-पाँच वर्ग मीटरसम्म विस्तार गरिँंदैछ। उनले भने, सरकारको उद्देश्य यो सुनिश्चित गर्नु हो कि गरीब परिवारहरूलाई राम्रो, सुरक्षित तथा सुविधानजक आवास उपलब्ध होस्।
निरीक्षण अवधि मन्त्रीले कोठाहरूको आकार, नयाँं फ्लोरिङ्ग तथा अन्य निर्माण कार्यहरूको ध्यानपूर्वक अवलोकन गर्दै अदिकारीहरूलाई निर्देश दिए, सबै कार्य उच्च गुणस्तरीय साथै समयबद्ध ढङ्गमा पूरा गरियोस्। यस परियोजनामा 7,400भन्दा अधिक ईडब्ल्यूएस फ्ल्याट सामेल छन्।
मन्त्री सूदले भने, मरम्मत कार्य पूरा भएपछि मुख्यमन्त्रीसित संयुक्त अन्तिम निरीक्षण गरिनेछ। मुख्यमन्त्रीका सुझाउहरूको आधारमा केन्द्रिय गृहमन्त्री एवं वरिष्ठ नेतृत्वबाट अन्तिम मार्गदर्शन प्राप्त गरी आवन्टन प्रक्रियालाई अगाड़ि बढ़ाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा