
गान्तोक, 16 जुलाई (हि.स.)। म्याराथन म्यान अफ सिक्किमको नामले प्रसिद्ध धावक अमर सुब्बा र उनका विद्यार्थी प्रितम राईले पश्चिम सिक्किमदेखि सिलगढ़ीसम्म दौड लगाउने भएका छन्। उनीहरूले भोलि शुक्रबार बिहान 4 बजीदेखि आफ्नो दौड शुरु गर्नेछन्।
धावक अमर सुब्बाले बताए अनुसार, उनीहरूले भोलि पश्चिम सिक्किमको दारापदेखि दार्जिलिङ हुँदै सिलिगुडीसम्म लामो दूरीको दौड गर्नेछन्। यो अल्ट्रा रनको उद्देश्य स्वास्थ्य, फिटनेस र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउन हो।
उनले यो दौड मुख्यमन्त्री पीएस तामाङले खेलकुदका सबै विधामा निरन्तर संरक्षण र प्रोत्साहन दिँदै आएकोप्रति कृतज्ञता स्वरुप गर्ने बताए। उनले मन्त्री तथा क्षेत्र विधायक भीमहाङ सुब्बाप्रति पनि कृतज्ञता व्यक्त गर्दै मन्त्रीले धावकहरूलाई निरन्तर दिँदै आएको समर्थनले यस क्षेत्रमा लामो दूरीको दौडको विकासमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल