
इटानगर, 16 जुलाई (हि.स.)। अरुणाचल प्रदेशका उपमुख्यमन्त्री चौना मेनले सबै सरकारी विभागहरूलाई निर्देश दिएका छन्, उनीहरूले राज्यको 2026-27 वित्तीय वर्षको बजटमा घोषित मुख्य प्रस्तावहरूलाई समयमै अनि प्रभावकारी ढङ्गा लागू गर्नेलाई प्राथमिकता दिउन्।
उपमुख्यमन्त्री र वित्तमन्त्री चौना मेनले विभिन्न बजट घोषणाहरूको स्थितिको समीक्षा गर्दै विभागहरूमा चलिरहेका परियोजनाहरूको वित्तीय अनि भौतिक प्रगतिको जायजा लिए। उनले मुख्य पहलहरू जस्तै 'मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम' औ 'मुख्यमन्त्री व्यापक विद्युत विकास कार्यक्रम'- लाई गतिशील बनाउनेमाथि बल दिए।
सोशल मीडियाको एउटा पोस्टमा उपमुख्यमन्त्रीले भने, राज्यभरि नै सन्तुलित तथा समावेशी विकास सुनिश्चित गर्नको लागि शिक्षा, स्वास्थ्य सेवा, पेयजल आपूर्ति, भौतिक कनेक्टिभिटी औ कौशल विकास जस्ता महत्वपूर्ण क्षेत्रहरूमा समान ध्यान दिइनुपर्छ।
उनले अधिकारीहरूलाई यो पनि निर्देश दिए, उनीहरूले परियोजनाहरूको सुचारू क्रियान्वयनको लागि आवश्यकता परेको ठाउँमा संशोधित दिशानिर्देश प्रस्तुत गरून् अनि अतिरिक्त धनराशिको खाँचो परे चाँड़ोभन्दा चाँड़ो सूचित गरून्।
अरुणाचल प्रदेश सरकारले पहिला वित्त वर्ष 2026-27 को लागि 36,607 करोड़ रुपियाँको बजट पेश गरेको थियो जसमा बुनियादी ढाँचालाई मजबुत बनाउने, शासनमा सुधार तथा जनकेन्द्रित विकासमाथि ध्यानकेन्द्रित गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा