कामरूपमा माई भारत जिल्ला सल्लाहकार समितिको पहिलो बैठक आयोजित
कामरूपमा माई भारत जिल्ला सल्लाहकार समितिको पहिलो बैठक आयोजित


अमिनगाउँ (असम), 16 जुलाई (हि.स.)। कामरुप जिल्ला विकास आयुक्त (डीडीसी) सुशान्त कुमार दत्तको अध्यक्षतामा बिहीवार अमिन गाउँस्थित जिल्ला आयुक्त कार्यालयमा माइ भारत जिल्ला सल्लाहकार समितिको बैठक आयोजना गरियो।

बैठकमा कामरूप जिल्लामा भइरहेको माई भारत पञ्जीकरण अभियानलाई मजबुत बनाउने रणनीतिको समीक्षा गरियो अनि पात्र युवाहरूको अधिक सहभागिता सुनिश्चित गर्ने उपायहरूमाथि चर्चा गरियो।

बैठकको अध्यक्षता गर्दै डीडीसीले यस पहललाई सफल रूपमा क्रियान्वयन गर्नको लागि सबै विभागहरूबीच समन्वित प्रयास हुनुपर्ने आवश्यकतामाथि बल दिए। उनले विभागहरूसित आग्रह गरे, उनीहरूले जागरूकता फैलाउने तथा युवाहरूको पञ्जीकरणलाई प्रोत्साहित गर्नको लागि पञ्चाती राज संस्थान, शिक्षण संस्थान तथा कलेजहरूसित मिलेर काम गरून्। उनले यो पनि सुझाउ दिए, कलेज पञ्जीकरणको प्रक्रियालाई सहज बनाउने अनि जिल्ला प्रशासनसित प्रभावकारी समन्वय सुनिश्चित गर्नको लागि आ-आफ्ना प्रधानाचार्यहरूको नेतृत्वमा आन्तरिक समन्वय टीम गठन गरियोस्।

माइ भारत खेल मन्त्रालयको एउटा यस्तो पहल हो जसको उद्देश्य युवाहरूलई सशक्त, प्रेरित छा सक्रिय बनाउनु हो। यो फ्लेटफर्मले 15-29 आयु वर्गका युवाहरूलाई स्वयंसेवा, नेतृत्व विकास, सामुदायिक सेवा, कौशल विकास औ विभिन्न सामाजिक तथा विकासमूलक पहलहरूको माध्यमबाट राष्ट्र निर्माणमा भाग लिनमा सार्थक अवसर प्रदान गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande