भरलुमुख हत्याकाण्डका मुख्य आरोपी सनोवार हुसैन पक्राउ
भरलुमुख हत्याकाण्डका मुख्य आरोपी सनोवार हुसैन पक्राउ


गुवाहाटी, 16 जुलाई (हि.स.)। भरलुमुख हत्याकाण्डका मुख्य आरोपीहरूमा सामेल सनोवार हुसैनलाई पुलिसले पक्राउ गरेको छ।

पुलिस अनुसार सनोवार हुसैन हरेश्वर डेकाको हत्या मामिलामा सामेल थियो। उल्लेखनीय छ, गत 12 जुलाईको राती सड़कमा भएको यस हत्याको तुरून्तैपछि पुलिसले चार जना आरोपीहरूलाई पक्राउ गरेको थियो भने सनोवार भागेको थियो।

पुलिसले बतायो, सनोवारको पक्राउबाट मामिलाको जाँचले थप गति पाएको छ। अग्रिम कानूनी कारबाही भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande