
कोलकाता, 16 जुलाई (हि.स.)। दिघामा आयोजित भगवान जगन्नाथको रथयात्राको अवसरमा श्रद्धालुहरूको सुविधाको निम्ति रेलवेले दिघा-हावड़ाबीच विशेष लोकल ट्रेनलाई सञ्चालनमा ल्याउने निर्णय लिएको छ। रेलवेद्वारा 16 जुलाईदेखि 26 जुलाईसम्म दिघा-हावड़ा लोकल विशेष ट्रेन सञ्चलान गर्ने अधिसूचना जारी गरिएको छ।
दिघा अब एउटा समुद्री पर्यटन केन्द्र मात्र नभएर जगन्नाथ मन्दिरको कारणले प्रमुख धार्मिक आकर्षणको केन्द्र पनि बनिसकेको छ। रथयात्राको अवसरमा यहाँ व्यापक रूपमा श्रद्धालुहरूको समागम हुन्छ। श्रद्धालुहरूको सुविधाका लागि पाँशकुड़ा-हल्दिया-दिघा साउथ इस्टर्न रेलवे प्यासेन्जर्स वेलफेयर एसोसिएशनले रेलवेसित विशेष ट्रेन सञ्चलान गर्ने ममाग गरेको थियो।
रेलवेद्वारा यस मागलाई स्वीकार गरिएकोमा सङ्गठन तथा नित्य यात्रीहरूमा उल्लास छाएको छ। सङ्गठनका सामान्य सचिव सरोज कुमारले भने, दिघाको जगन्नाथ मन्दिरमा रथदर्शनका लागि जिल्लाका विभिन्न क्षेत्रहरूबाट व्यापक रूपमा मानिसहरू रेल मार्गबाट आउने गर्दछन्। श्रद्धालुहरूको सुविधाको लागि विशेष ट्रेनलाई सञ्चालन गर्ने अनुरोध गरिएको थियो जसलाई स्वीकार गरेकोमा सङ्गठन रेलवेप्रति आभार व्यक्त गर्दछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा