इटानगरमा फीफा वर्ल्ड कप फाइनलको लाइभ स्क्रीनिङ्ग हुने, मुख्यमन्त्रीले गरे आमन्त्रित
इटानगरमा फीफा वर्ल्ड कप फाइनलको लाइभ स्क्रीनिङ्ग हुने, मुख्यमन्त्रीले गरे आमन्त्रित


इटानगर, 16 जुलाई (हि.स.)। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले फुटबल प्रेमीहरूलाई आगामी 20 जुलाईको बिहान इटानगरस्थित आईजी पार्कमा स्पेन र अर्जेन्टिना माझ हुने फीफा वर्ल्ड कप- 2026 को फाइनल म्याचको लाइभ पब्लिक स्क्रीनिङ्गमा सामेल हुनका लागि आमन्त्रित गरेका छन्।

बिहीवार सोशल मीडियाको एउटा पोस्टमा मुख्यमन्त्री खाण्डुले फुटबल प्रेमीहरूसित यस फ्री स्क्रीनिङ्गमा सामेल हुने अपील गरे। मुख्यमन्त्रीले भने, सबै फुटबल प्रेमी, परिवार तथा मित्रहरूलाई फीफा वर्ल्ड कप फाइनल- 2026 को लाइभ स्क्रीनिङ्गको सीएम फ्यान पार्कमा मसितै सामेल हुनका लागि हृदयबाटै आमन्त्रित गर्दछु।

यस अवसरमा अन्य विविध कार्यक्रमहरू आयोजना हुनेछ जसमा 'अरुणाचल आइडल', 'अरुणाचल गट ट्यालेन्ट', 'सुपर डान्सर', 'मिस्टर अरुणाचल' औ 'मिस अरुणाचल' -का विजेताहरूको लाइभ परफर्मेन्स सामेल छन्। स्पेन र अर्जेन्टिनाबीच फीफा वर्ल्ड कप- 2026 को फाइनल म्याच न्यूयर्क शहरको नजिकै न्यू जर्सीको स्टेडियममा खेलिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande