
सिलगढ़ी, 16 जुलाई (हि.स.)। शहरमा बिहीवार इस्कन मन्दिरद्वारा 37औं भव्य रथयात्राको आयोजन गरियो। ‘जय जगन्नाथ’ -को जयघोष औ भक्ति सङ्गीतबीच सम्पूर्ण शहर आध्यात्मिक माहोलमा डुबेको देखियो।
सिलगढ़ी इस्कनद्वारा आयोजित यस रथयात्रामा ठूलो सङ्ख्यामा श्रद्धालुहरू सामेल भए। यो उत्सव विश्वप्रसिद्ध रथयात्राको परम्पराको एक अङ्ग हो जसलाई विश्वका लगभग 140 वटा देशहरूमा मनाइन्छ। यस कार्यक्रममा पश्चिम बङ्गाल विधानसभाका स्पीकर रथीन्द्रनाथ बसु, फुलबाड़ी-डाबग्रामकी भाजपा विधायक शिखा च्याटर्जी औ दार्जीलिङका जिल्लाधिकारी हरिशङ्कर पनिक्कर समेत केही गण्यमान्य मानिसहरू उपस्थित थिए। सम्पूर्ण आयोजनभरि कीर्तन, धार्मिक अनुष्ठान औ भक्ति सङ्गीतले माहोल भक्तिमय भइरह्यो। रथयात्रालाई लिएर शहरमा उत्साह अनि आस्थाको अनौठो सङ्गम देख्न पाइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा