
कोलकाता, 16 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा बिहीवार मनसुनी गतिविधि तीव्र रहने सम्भावना छ। मौसम विभाग अनुसार बङ्गालको खाड़ीमाथि विकसित निम्न दबाव क्षेत्रको प्रभावले राज्यका अधिकांश भागहरूमा दिनभरि बादल लागिरहनेछ भने धेरै वटा स्थानहरूमा मेघ गर्जनसितै वर्षा हुनसक्छ। दक्षिण बङ्गालका केही जिल्लाहरूमा घना वर्षा तथा वज्रपात हुने चेताउनी जारी गरिएको छ।
मौसम विभाग अनुसार राज्यमा अधिकतम तापमान 31-33 डिग्री सेल्सियस तथा न्यूनतम तापमान 27-28 डिग्री सेल्सियसबीच रहने अनुमान छ। हावामा नमीको स्तर 80-88 प्रतिशतसम्म रहेकोले मानिसहरूलाई आद्रताको सामना गर्नुपर्नेछ। पूर्व दिशाबाट 10-12मील प्रतिघण्टाको गतिले हावा चल्ने सम्भावना छ।
दक्षिण बङ्गालका कोलकाता, हावड़ा, उत्तर एवं दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर तथा झाड़ग्राम जिल्लामा कतै-कतै घना वर्षा हुनसक्छ। तटीय क्षेत्रहरूमा तीव्र हावासितै वज्रपात हुने आशङ्का व्यक्त गरिएको छ। कतिपय स्थानहरूमा 70-110 मिलीमीटरसम्म वर्षा दर्ता हुनसक्छ।
यता उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार औ कुचबिहार सहित तराई एवं डुवर्स क्षेत्रमा पनि लगातार वर्षाका गतिविधिहरू जारी रहने अनुमान व्यक्त गरिएको छ। पहाड़ी क्षेत्रहरूमा पैह्रो तथा तल्लो क्षेत्रहरूमा जलजमाउको स्थिति उत्पन्न हुनसक्छ।
मौसम विभागले मछुआराहरूलाई समुद्रमा जानअघि ताजा मौसम बुलेटिनको जानकारी लिनेसल्लाह दिएको छ। साथै मानिसहरूलाई वज्रपात हुँदा खुला मैदान, रूख अनि बिजुलीका खम्बाहरूदेखि टाड़ा बस्ने अपील गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा