
जलपाईगुड़ी, 16 जुलाई (हि.स.)। जिल्लामा ‘हाउसिङ्ग फर अल’ योजनामा गम्भीर अनियमितता भएको मामिला बिहीवार प्रकाशमा आएको छ। आरोप छ, केही लाभार्थीहरूले सरकारी अनुदान प्राप्त गरे पनि घरको निर्माण कार्य शुरू गरेका छैनन् भने कसैले खाली जमीन देखाएर पुरानो घरको छतमै निर्माण गरेका छन्।
नगरपालिका सूत्र अनुसार वर्ष 2015-16 देखि वर्ष 2021-22 सम्ममा 8,038 मानिसिहरूलाई घर बनाउनका लागि आर्थिक सहयोग दिइएको थियो। तर यीमध्ये 632 लाभार्थी (लगभग 8 प्रतिशत)-ले पहिलो किस्ता पाएपछि पनि निर्माण कार्य शुरू गराएनन्। अनियमितताको आँकड़ा वर्ष 2015-16 मा मात्र 7 थियो जुन वर्ष 2018-19 मा बढ़ेर 240 र वर्ष 2021-22 मा 202 सम्म पग्यो।
मामिला सार्वजनिक भएपछि नगरपालिका बोर्ड बैठकमा यसमाथि चर्चा भयो अनि सम्बन्धित मानिसहरूलाई नोटिस जारी गरियो। कतिपयलाई बोलाेर कड़ा चेताउनी पनि दिइयो, तर लाभार्थीहरूले कुनै कदम उठाएनन्।
नियम अनुसार जुन जमीनको दस्तावेज देखाएर अनुदान लिइएको छ, त्यै जमीनमा घर बनाउनु अनिवार्य छ। तर कतिपय मानिसहरूले यसको उल्लङ्घन गरिरहेका छन्।
नगरपालिकाका चेयरम्यान सैकत चट्टोपाध्यायले कड़ा चेताउनी दिँदै भने, अहिले पनि काम शुरू नगर्नेहरूविरूद्ध कानूनी कारबाही गरिनेछ। साथै जियो-ट्यागिङ्गमा गड़बड़ी पाइए अघिल्लो किस्ता रोकिनेछ। आवश्यकता परे सरकारी पैसा पनि फिर्ता लिइनेछ। उनले स्पष्ट पारे, सरकारी योजनाको दुरुपयोग गर्नेहरूलाई कुनै पनि अवस्थामा छाड़िनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा