
मेदिनीपुर, 16 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन-दुई विकास खण्डको आमरदा क्षेत्रमा अवैध मदिराको कारबारविरुद्ध सञ्चालित अभियानमा पुलिसले भारी मात्रामा देशी एवं विदेशी मदिरा जफत गरेको छ। यो कारबाही बेलदा थाना अन्तर्गत जोरागेड़िया पुलिस चौकीद्वारा गरिएको हो।
प्राप्त जानकारी अनुसार गए बुधवार राती गुप्त सूचनाको आधारमा पुलिसले आमरदा क्षेत्रमा छापामारी अभियान सञ्चालन गऱ्यो। यस अवधि अवैध रूपमा प्रचुर मात्रामा भण्डारित देशी एवं विदेशी मदिरा जफत गरियो। तथापि यस मामिलामा कसैलाई पक्राउ गरिएको छ-छैन, पुलिसद्वारा अहिलेसमम्म कुनै आधिकारिक जानकारी दिइएको छैन।
पुलिस सूत्र अनुसार राज्यकी मुख्यमन्त्रीको निर्देश पश्चात अवैध कारबारविरुद्ध कारबाहीलाई प्रशासनले तीव्रता दिएको छ। यसै क्रममा जिल्लाका विभिन्न क्षेत्रहरूमा लगातार अभियान सञ्चालन गरिँदैछ। आमरदामा गरिएको यो कारबाही पनि सोही व्यापक अभिायनको एक भाग हो।
बेलदा थानाको जोरागेड़िया पुलिस चौकीले घटनाको जाँच गर्न प्रारम्भ गरेको छ। अवैध मदिराको व्यापारसित जोड़िएका अन्य व्यक्तिहरूको भूमिकाको पनि जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा