
हुगली, 16 जुलाई (हि.स.)। रथयात्राको पावन अवसरमा बिहिवार हुगली जिल्लाको गोघाट स्थित कामारपुकुरमा श्रीरामकृष्ण परमहंसको परिवारसित सम्बन्धित एक ऐतिहासिक परम्परा फेरि एकपटक जीवनत भएको छ। कामारपुकुर रामकृष्ण मठको नजिकै अवस्थित ऐतिहासिक लक्ष्मीजला खेतमा मठका महराज औ साधु-सन्तहरूले पारम्परिक रिती-थिती अनुसार सामूहिक रूपमा धान रोपाई गरी यस धरोहरलाई निर्वहन गरे।
कामारपुकुर रामकृष्ण मठ एवं मिशनका अध्यक्ष स्वामी लोकोत्तरानन्दजी महाराजले बताए, श्रीरामकृष्ण परमहंसका पिता खुदीराम चट्टोपाध्याय आफ्नो पैतृक गाउँदेखि कामारपुकुरमा आउँदा उनका घनिष्ठ मित्र सुखलाल गोस्वामीले उनलाई लक्ष्मीजलामा लगभग दुई बिघा भूमि दानमा दिएका थिए। यसै भूमिबाट परिवारको कृषि आधारित आजीविकाको शुरूआत भयो।
उनले बताए, परम्परा अनुसार खुदीराम चट्टोपाध्यायले प्रत्येक वर्ष रथयात्राको दिन आफ्ना आराध्य भगवान रघुवीरलाई स्मरण गरी स्वयं सबैभन्दा पहिला धानको बिरूवा रोप्थे। त्यसपछि गाउँकाका किसानहरूले सबै खेतमा धान रोपाई गर्थे। यसै खेतको फसलबाट वर्षभरि परिवार पालिन्थे।
खुदीराम चट्टोपाध्यायको निधन पश्चात यस परम्परालाई कामारपुकुर रामकृष्ण मठले अगाड़ि बढ़ायो। तबदेखि नै प्रत्येक वर्ष रथयात्राको दिन मठका महाराज एवं साधु-सन्तहरूले प्रतीकात्मक रूपमा धान रोपेर उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दछन्।
यस वर्ष पनि श्रद्धालु अनि स्थानीय मानिसहरूको उपस्थितिमा धार्मिक गरिमा एवं श्रद्धाको वातावरणमा यो ऐतिहासिक परम्परालाई निर्वहन गरियो। यो आयोजनलाई कृषि कार्यको शुभारम्भ मात्र नभई श्रीरामकृष्ण परमहंसको पारिवारिक धरोहर अनि बङ्गालको समृद्ध कृषि संस्कृतिको पनि जीवन्त प्रतीक मानिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा