सड़क दुर्घटनामा चार जना मानिसहरूको मृत्यु
सड़क दुर्घटनामा चार जना मानिसहरूको मृत्यु


पूर्व मेदिनीपुर, 16 जुलाई (हि. स.)। जिल्लाको नन्दकुमार क्षेत्रमा जगन्नाथ रथयात्राको दिन बिहीवार बिहान भएको एक भयावह सड़क दुर्घटनामा चार जना मानिसहरूको मृत्यु भयो भने अन्य तीन जना घाइते भए। दुर्घटना राष्ट्रिय राजमार्ग-116 मा हेरिया बजारको छेउमा भएको हो। मृतकहरूको पहिचान तपन दास, शिवब्रत पटनायक, अशोक माइती तथा शुभदीप मण्डलको रूपमा भएको छ। मृतकहरूमा बस चालक पनि सामेल छ।

पुलिस अनुसार कोलकातादेखि दिघा गइरहेको एउटा यात्रु वाहक बसलाई यान्त्रिकी खराबीको कारणले सड़क किनारमा रोकेर मरम्मत गरिँदैथ्यो भने चालक र बसकर्मीहरू त्यसको मरम्मतमा जुटेका थिए। यात्रीहरूलाई पहिला नै बसबाट उतारिसकिएको थियो। यसै अवधि दिघा तर्फ गइरहेको एउटा द्रूत गतिको मालवाहक वाहनले अनियन्त्रित भएर बसलाई पछाड़िबाट ठक्कर दियो। यस भयानक ठक्करपछि घटनास्थलमा कोकोहोलो मचियो।स्थानीय मानिसहरूले तत्काल राहत कार्य शुरू गर्दै पुलिसलाई सूचना दिए।

सूचना पाएपछि खेजुरी थानाको पुलिसले घटनास्थलमा पुगेर घाइतेहरूलाई हेरिया प्राथमिक स्वास्थ्य केन्द्रमा पुऱ्यायो। त्यहाँ चिकित्सकहरूले चार जना मानिसहरूलाई मृत घोषित गरिदिए भने तीन जना घाइतेहरूलाई उन्नत उपचारको निम्ति तमलुक जिल्ला अस्पतालमा पठाइदियो।

दुर्घटनापछि राष्ट्रिय राजमार्ग-116बीमा केही समयसम्म यातायात बाधित रह्यो। पछि पुलिसले क्षतिग्रस्त वाहनहरूलाई हटाएर यातायातलाई सामान्य बनायो।

पुलिसले दुर्घटनाग्रस्त मालवाहक वाहनलाई जफत गरेको छ। तथापि चालक भने भागेको छ। पुलिस उसको खोजीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande