
हुगली, 16 जुलाई (हि.स.)। रिषड़ा नगरपालिकाको राजनीतिमा गए बुधवार अबेर राती ठूलो घटनाक्रम भयो। नगरपालिकाका चेयरम्यान विजय सागर मिश्राले आफ्नो राजीनामा ई-मेलको माध्यमबाट श्रीरामपुरको महकुमा शासक (एसडीओ)-लाई पठाए।
सूत्र अनुसार विजय सागर मिश्राले राजीनामा दिएपछि अब नगरपालिकाका भाइस चेयरम्यान जाहिद हसन खान समेत अन्य सात जना पार्षदहरूले पनि शुक्रवार राजीनामा दिने सङ्केत देखिएको छ। तथापि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन।
उल्लेखनीय छ, यसपूर्व रिषड़ा नगरपालिकाको वार्ड नम्बर-15 की पार्षद विजेता देवटियाले पनि आफ्नो पदबाट राजीनामा दिसकेकी छन्। राजीनामा दिने सिलसिला निरन्तर जारी रहेकोले नगरपालिकाको राजनीतिक स्थितिलाई लिएर चर्चा चुलिएको छ।
विजय सागर मिश्राले राजीनामा दिएपछि सोशल मीडियामा पनि विभिन्न प्रकारका प्रतिक्रियाहरू आइरहेका छन्। एक वर्गले यसलाई उनको राजनीतिक जीवनको कठिन घड़ी बताइरहेका छन् भने कतिपयले उनको फसेलालाई समर्थन गर्दै यसलाई परिस्थितिको परिणाम मानिरहेका छन्। यसरी नै कतिपय मानिसहरूको भनाइ छ, यो घटनाक्रम राजनीतिक दबावको रणनीतिक भाग हुनसक्छ।
यदि शुक्रवार अन्यले पनि राजीनामा दिए रिषड़ा नगरपालिकाको राजनीतिक समीकरणमा ठूलो परिवर्तन देखिनेछ। हाल सबैको ध्यान शुक्रवारको घटनाक्रममाथि केन्द्रित भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा