
गुवाहाटी, 16 जुलाई (हि.स.)। सरकारी राशनको चामलको अवैध तस्करीविरूद्ध व्यापक कारबाही गर्दै वशिष्ठ पुलिसले बुधरार 2 सय बोरा सरकारी चामल लादिएको एउटा ट्रकलाई जफत गऱ्यो। यस मामिलामा आसुरीद्दीन मियाँ नामक एकजना आरोपीलाई पक्राउ गरिएको छ।
पुलिस अनुसार यस मामिलामा अहिलेसम्ममा तीन जना मानिसहरूलाई पक्राउ गरिसकिएको छ। जाँचमा थाहा लागेको छ, यस गिरोहले उचित मूल्यका पसलहरूबाट सरकारी चामल प्रतिबोरा 5 सय रुपियाँको दरले अवैध रूपमा खरिद गर्दथ्यो। त्यसपछि बरपेटाका तस्करहरूको माध्यमबाट उक्त चामललाई मेघालकको एक गिरोहलाई एक हजार रुपियाँ प्रतिबोराको दरले बेचेर ठूलो मुनाफा कगाउँदै आएको थियो।
पुलिसले सम्पूर्ण नेटवर्कको जाँच गरिरहेको छ भने यस अवैध कारबारसित जोड़िएका अन्य आरोपीहरूलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा