कोलकातामा मुख्यमन्त्री शुभेन्दु अधिकारीले सुनको झाड़ुले मार्ग बुहार गरी इस्कनको रथयात्राको शुभारम्भ गरे
कोलकातामा मुख्यमन्त्री शुभेन्दु अधिकारीले सुनको झाड़ुले मार्ग बुहार गरी इस्कनको रथयात्राको शुभारम्भ गरे


कोलकाता, 16 जुलाई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बिहीवार कोलकातास्थित इस्कनको रथयात्राको शुभारम्भ सुनको झाड़ुले प्रतीकात्मक रूपमा 'मार्ग बुहार' गरी गरे। त्यसपछि उनले रथको डोरी ताने अनि भगवान जगन्नाथको रथको आरती गरेर साष्टाङ्ग प्रणाम गरे।

मुख्यमन्त्री अपरान्ह लगभग 12 बजे इस्कन मन्दिरमा पुगे। मन्दिरमा उनले सबैभन्दा पहिला भगवान जगन्नाथको विग्रह समक्ष नतमस्तक भएर पूजा-अर्चना तथा आरती गरे। त्यसपछि उनी श्रील प्रभुपादको कक्षमा गए जहाँ साष्टाङ्ग प्रणाम गरेपछि सम्पूर्ण कक्षको अवलोकन गरे।

मुख्यमन्त्रीले भने, यस कक्षलाई धरोहर (हेरिटेज)- को दर्जा दिलाउनको लागि केन्द्र सरकारसित अनुरोध गरिनेछ।

मुख्यमन्त्रीले भने, एकजना मुख्यमन्त्री हुनका साथै राष्ट्रवादी अनि सनातन विचारधारामा विश्वास राख्ने व्यक्तिको रूपमा इस्कनको रथयात्रामा सामेल हुनु उनको लागि सौभाग्यको कुरा हो। उनले भने, राज्यको विकास पनि हुनेछ अनि हाम्रो संस्कृतिलाई पनि समान रूपमा अगाड़ि बड़ाइनेछ।

मन्दिरमा पूजा गरेपछि मुख्यमन्त्री रथको नजिकमा गए, भगवान विग्रहमा पुष्पमाला अर्पण गरे अनि भने, आजको दिन भक्तहरूको दिन हो। उपस्थित श्रद्धालुहरूको अनुरोधमा उनले गौड़ीय भक्ति सङ्गीतका केही पङ्क्ति गाए पनि। त्यसपछि उनले सुनको झाड़ुले रथ मार्गको प्रतीकात्मक सफाई गरी रथयात्राको औपचारिक शुभारम्भ गरे।

मुख्यमन्त्रीले इस्कनको सराहना गर्दै मिड-डे मील योजनाको पनि उल्लेख गरे। उनले भने, राज्यमा मिड-डे मील किचन स्थापित गरिँदैछ, तर इस्कनले पछिल्लो लामो समयदेखिकै यो कार्य गरिरहेको छ। देशका 22 वटा ठूला शहरहरूमा स्कूलहरूको मिड-डे-मीलको जिम्मेवारी इस्कनले निभाइरहेको छ। उनले भने, इस्कनद्वारा उपलब्ध गराइने भोजन पौष्टिक हुन्छ। मुख्यमन्त्रीले पछिल्ला वर्षहरूमा मिड-डे-मील योजनामा भएको कथित अनियमितता तथा भ्रष्टाचारहरूको पनि उल्लेख गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande