प्रस्तावित पाकिम-बारापाथिङ राजमार्गबारे प्रदेश भाजपाको मुख्यमन्त्रीलाई ज्ञापन
bjp


गान्तोक, 16 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमको एक प्रतिनिधिमण्डलले प्रस्तावित पाकिमदेखि बारापाथिङ राजमार्गको बारेमा बढ्दो जन गुनासोहरूलाई ध्यानमा राख्दै राज्यका मुख्यमन्त्रीलाई ज्ञापन बुझाएको छ। प्रदेश भाजपा प्रवक्ता साङ्गे ग्याछो भोटियाले आज टाशीलिङ सचिवालयमा मुख्यमन्त्रीका प्रधान सचिव एसडी ढकालसॅंग भेट गरेर मुख्यमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापन बुझाएका छन्।

प्रवक्ता भोटियाले केन्द्रिय सडक यातायात तथा राजमार्ग राज्यमन्त्रीलाई पहिले पठाइएका दुई ज्ञापनपत्रहरू सहित मुख्यमन्त्रीलाई ज्ञापन बुझाएका छन्। उनले मुख्यमन्त्रीलाई समुदायको गहिरो चिन्ताबारे तुरुन्तै जानकारी गराइदिन अनुरोध गर्दै द्रुत, सकारात्मक र जनकेन्द्रित निर्णयको आशा व्यक्त गरे।

भाजपा सिक्किमले प्रेस विज्ञप्तिमा भनेको छ, मुख्य गुनासो एनएचआईडीसीएलको हालको योजनालाई लिएर हो, जुन अवस्थित पीडब्ल्युडी सडक कोरिडोर भन्दा भिन्न छ। प्रस्तावित अलाइन्मेन्टले बसोबास नभएको क्षेत्र, घना जंगल र भौगोलिक रूपमा अस्थिर भू-भाग हुँदै राजमार्गलाई पुन: मार्गबद्ध गर्दछ। भाजपा जनप्रतिनिधिले मुख्यमन्त्री समक्ष एनएचआईडीसीएललाई स्थिर पीडब्ल्युडी सडक कोरिडोरमा राजमार्गलाई पुन: मार्गबद्ध गर्न निर्देशन दिन अनुरोध गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande