
गुवाहाटी, 17 जुलाई (हि.स.)। असम सरकारलेसेवा नियमहरूकोगम्भीर उल्लङ्घन गरेको आरोपमा असम सिभिल सेवा (एसीएस)-काअधिकारी अरूप कुमार चक्रवर्तीलाईसेवाबाटबर्खास्तगरिदिएको छ। राज्यपालकोस्वीकृतिपश्चात कार्मिक विभागद्वारा यस सम्बन्धमा औपचारिक आदेश जारी गरियो। आदेशसितै चक्रवर्तीको सरकारी सेवालाई तत्काल प्रभावदेकि समाप्त गरिएको छ।
जारी आदेशअनुसारविभागीय जाँचमाअरूप कुमार चक्रवर्तीलेसरकारी सेवा आचरण नियमहरूकोउल्लङ्घन गरेकोआरोप प्रमाणितभएको पाइयो। सरकारले पायो, उनको आचरण एकजना लोकसेवकबाट अपेक्षित अनुशासन अनि जिम्मेवारीहरू अनुरूप थिएन।
आदेशमा भनिएको छ, चक्रवर्ती केहीमहत्वपूर्ण चुनाउसम्बन्धी बैठकहरूमाअनुचित कारण बिनैअनुपस्थित रहे। यस अतिरिक्त पूर्व अनुमति बिनै उनी कैयौं पटक कार्यालयमा पनि अनुपस्थित रहन्थे। उनलाई हाई स्कूल लीभिङ्ग सर्टिफिकेट (एचएसएलसी) परीक्षाहुँदा महत्वपूर्ण जिम्मेवारीसुम्पिइएको थियो, तर उनी परीक्षा ड्यूटीमा पनि उपस्थित भएनन्। विभागीय रेकर्डमा यो पनि उल्लेख गरिएको छ, उनले ड्यूटीअवधि नशा सेवन गरे जसलाई सरकारी सेवा आचरण नियमहरूकोगम्भीर उल्लङ्घन मानियो।
सरकारले यी सबै आरोपहरूलाई गम्भीर मान्दै उनीविरूद्ध कड़ा अनुशासनात्मक कारबाही गऱ्यो। बर्खास्तको आदेशमा स्पष्ट पारिएको छ,अरूप कुमार चक्रवर्ती भविष्यमाकुनै पनिसरकारी विभाग, कार्यालय अथवा सरकारी सेवामानियुक्तिवापुनर्नियुक्तिकालागियोग्य छैनन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा