अमृत भारत स्टेशन योजना अन्तर्गत 90 वटाभन्दा अधिक स्टेशनहरूको हुनेछ कायाकल्प: सुकान्त मजुमदार
अमृत भारत स्टेशन योजना अन्तर्गत 90 वटाभन्दा अधिक स्टेशनहरूको हुनेछ कायाकल्प: सुकान्त मजुमदार


सिलगढ़ी, 17 जुलाई (हि.स.)। सारा देशभरि नै आज अमृत भारत स्टेशन योजना अन्तर्गत 90 वटाभन्दा अधिक स्टेशनहरूको उद्घाटन गरिँंदैछ। यसै कार्यक्रममा सामेल हुनका लागि शुक्रवार केन्द्रिय मन्त्री सुकान्त मजुमदार बागडोगरा एयरपोर्टमा आइपुगे।

बागडोगरा एयरपोर्टमा पत्रकारहरूसित कुराकानी गर्दै सुकान्त मजुमदारले भने, केन्द्रिय गृहमन्त्रीको आधिकारिक दौड़ाहलाई लिएर तयारी भइरहेको छ। उनले आरोप लगाए, पहिला राज्य सरकारले सहयोग नगरेको कारणले सीमाना बार्ने काम प्रभावित भयो, तर अब नयाँ व्यवस्थामा जमीन नै सीमा सुरक्षा बल (बीएसएफ)-लाई दिइएको छ जसले गर्दा द्रूत गतिमा काम भइरहेको छ।

उनले अझ बताए, आज भारतमा पहिलो पटक हाइड्रोजनले चल्ने ट्रेनको पनि शुरूआत भइरहेको छ जुन पर्यावरणको लागि अत्यन्त महत्वपूर्ण कदम हो, किनभने यसबाट कुनै पनि प्रकारको प्रदूषण हुनेछैन। उनले भने, प्रधानमन्त्री अनि रेल मन्त्रीको नेतृत्वमा भारतीय रेलवेमा अभूतपूर्व परिवर्तन आएको छ।

सुकान्त मजुमदारले भने, पश्चिम बङ्गालका 25 वटा स्टेशनहरू समेत देशभरिका 90 वटाभन्दा अधिक अमृत भारत स्टेशनहरूको उद्घाटन भइरहेको छ। रेलवेको विकासमा यस्तो ठूलो काम यसअघि कहिल्यै भएको थिएन।

राजनीतिक मुद्दहरूको सन्दर्भमा उनले पार्टी लाइनलाई स्पष्ट पार्दै भने, सङ्गठनको अनुमति बिना कसैलाई पनि पार्टीमा सामेल गरिनेछैन। साथै महिला आरक्षणलाई उनले देशहितको निम्ति आवश्यक बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande