मुख्यमन्त्रीले भाजपा विदायक दिप्लु रञ्जन शर्मा अनि नव कुमार दोलैलाई जन्मदिनको शुभकामना दिए
मुख्यमन्त्रीले भाजपा विदायक दिप्लु रञ्जन शर्मा अनि नव कुमार दोलैलाई जन्मदिनको शुभकामना दिए


गुवाहाटी, 17 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज भारतीय जनता पार्टी (भाजपा)- का विधायक दिप्लु रञ्जन शर्मा एवं नव कुमार दोलैलाई जन्मदिनको शुभकामना प्रेषित गरेका छन्।

मुख्यमन्त्री डा. सरमाले सोशल मीडियाको माध्यमबाट जारी आफ्नो सन्देशमा भनेका छन्, न्यू गुवाहाटी विधानसभा क्षेत्रका विधायक दिप्लु रञ्जन शर्मालाई जन्मदिनको हार्दिक शुभकामना अनि बधाई। जनताका सुविधाहरूलाई बढ़ाउन अनि समग्र विकासको क्षेत्रमा लामो सङ्गठनात्मक अनुभव राख्ने उनको निष्ठावान प्रयास अत्यन्त सराहनीय छ। जनकल्याणप्रति यो जिम्मेवारीले न्यू गुवाहाटी क्षेत्रलाई अगाड़ि बढ़ाउनको लागि एउटा मजबुत आधार बनाउँछ। माँ कामाख्या अनि महापुरूष श्रीमन्त शङ्करदेव गुरूजनको चरणमा उनको सुवास्थ्य, लामो आयु अनि सफल लोकसेवा यात्राको लागि प्रार्थना गर्दछु।

यसरी नै ढकुवाखना विधानसभा क्षेत्रका विधायक तथा भारतीय जनता पार्टीका निष्ठावान सङ्गठनकर्ता नव कुमार दोलैलाई पनि मुख्यमन्त्रीले जन्मदिनको शुभकामना साथै मङ्गलकाना प्रेषित गरेका छन्। डा. सरमाले भनेका छन्, एकजना जनप्रिय नेताको रूपमा समस्त क्षेत्रवासीहरूको विकास, सुशासनलाई सुदृढ़ बनाउन अनि दिगो विकासको मार्गलाई अझ मजबुत बनाउनमा दौलेको योगदान विशेष रूपमा उल्लेखनीय छ।

मुख्यमन्त्रीले माँ कामाख्या औ महापुरुष श्रीमन्त शङ्करदेव गुरुजनका श्री चरणहरूमा उनको सुवास्थ्य, लामो उमेर अनि हरेक प्रकारको भलाईको कामना गर्दै आजको यस विशेष दिनमा हार्दिक प्रार्थना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande