एसएसबीद्वारा रोतामा १०० दिने योग अभियानको शुभारम्भ
एसएसबीद्वारा रोतामा १०० दिने योग अभियानको शुभारम्भ


गुवाहाटी, १७ जुलाई (हि.स.)। गुवाहाटीको सोनापुर स्थित प्रथम वाहिनी सशस्त्र सीमा बल (एसएसबी) का कमाण्डेन्ट सुनील कौशिकको मार्गदर्शनमा आजदेखि “ए” कम्पनीले रोतामा १०० दिने योग अभियानको शुभारम्भ गरेको छ।

यस अभियानको मुख्य उद्देश्य जवान तथा स्थानीय नागरिकहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउनु, तनाव कम गर्नु तथा स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नु रहेको छ।

कार्यक्रमको शुरुआत योग गुरुबाट योगको महत्वबारे प्रवचन तथा सामूहिक योग अभ्याससँग गरियो। कार्यक्रममा प्राणायाम, सूर्य नमस्कार तथा विभिन्न योगासनहरूको अभ्यास गराइयो। समवायका जवानहरूसँगै स्थानीय बासिन्दा र बालबालिकाहरूले पनि उत्साहपूर्वक सहभागिता जनाए।

यस अवसरमा समवाय प्रभारी सहायक कमाण्डेन्ट विद्या प्रकाशले योगले शरीरलाई स्वस्थ राख्नुका साथै मनलाई पनि शान्ति प्रदान गर्ने बताए। उनले लगातार १०० दिनसम्म योग अभ्यास गर्दा जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा विद्या प्रकाशले उपस्थित जवान, स्थानीय बासिन्दा तथा बालबालिकाहरूलाई धन्यवाद ज्ञापन गर्दै उनीहरूको सहभागिताको सराहना गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande