
नयाँ दिल्ली, 17 जुलाई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार शकुरपुरबाट 45 वटा नयाँ आयुष्मान जन आरोग्य मन्दिरहरूको उद्घाटन गरिन्। उनले बताइन्, यी केन्द्रहरूमा 80 प्रकारको निःशुल्क जाँच गर्ने सुविधा उपलब्ध छ।
यस अवसरमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, सरकारको् सङ्कल्प हो कि हरेक दिल्लीवासीलाई आफ्नो घर अनि कलोनीको छेउमा श्रेष्ठ स्वास्थ्य सुविधा प्राप्त होस्। यस दिशामा आज दिल्लीमा 415 वटाभन्दा अधिक आयुष्मान जन आरोग्य मन्दिरहरूले कार्य गरिरहेका छन्। अब चाँंड़ै नै 1,100 भन्दा अधिक आयुष्मान जन आरोग्य मन्दिर स्थापना गर्ने लक्ष्य पनि पूरा हुनेछ।
मुख्यमन्त्रीले बताइन्, यी केन्द्रहरूमा ओपीडी, मातृ एवं शिशु स्वास्थ्य सेवा, खोप, आवश्यक औषधि तथा 80 प्रकारका निःशुल्क जाँचको सुविधा उपलब्ध छ।
यस अवसरमा विधायक तिलक राम गुप्ता, निगम पार्षद किशन लाल, जिल्लाध्यक्ष अजय खटाना सहित अन्य गण्यमान्य जन उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा