
कोलकाता, 17 जुलाई (हि.स.)। राष्ट्रिय स्तरकी 15 वर्षीय निशानेबाज दमयन्ती सेन रहस्यमय परिस्थितिमा बेपत्ता भएको खबर प्राप्त भएको छ। गए बिहीवार अपरान्ह घरबाट निक्लेकी दमयन्तीको शुक्रवार बिहानसम्ममा केही पत्तो लाग्न सकेको थिएन। परिवारजनको सिकायतमा पुलिसले हराएको मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
दमयन्ती सेन हालैमा राष्ट्रिय टीमको ट्रायलको लागि चयनित भएकी थिइन्। परिवारजन अनुसार गए बिहीवार अपरान्ह तिनी घरको केही सामानहरू खरिद गर्न भनी घरबाट हिँड़ेकी थिइन्। तिनले आफ्नो मोबाइल फोन पनि लिएर गएकी थिइन्। तर अबेरसम्म घरमा फर्केर नआएपछि परिवारले उनलाई खोज्न शुरू गऱ्यो।
परिवारले पहिला आफन्त, साथीहरू तथा शुटिङ्गसित सम्बन्धित साथीहरूसित सम्पर्क गऱ्यो, तर कुनै जानकारी हात लागेन, त्यसपछि स्थानीय थानामा हराएको सिकायत दर्ता गरियो। सिकायतको आधारमा पुलिसले जाँच शुरू गर्दै विभिन्न स्थानहरूको सीसीटीभी फुटेजको जाँच गरिरहेको छ।
पुलिस अधिकारीले शुक्रवार बताए, जाँच गर्ने क्रममा हावड़ा स्टेशनको सीसीटीभी फुटेजमा दमयन्ती सेनलाई प्लेटफर्म नम्बर चार र पाँचको बीचमा ओहोर-दोहोर गरेको देखियो। पुलिस अनुसार यो उनको पुष्टि गरिएको अन्तिम लोकेशन हो। त्यसपछि उनी कहाँ गइन्, अहिलेसम्म कुनै टुङ्गो लागेको छैैन। पुलिसले स्टेशन लगायत वरपरका क्षेत्रहरूका अतिरिक्त सीसीटीभी फुटेजको पनि जाँच गरिरहेको छ।
पुलिस सूत्र अनुसार दमयन्ती सेन मध्य हावड़ाको उमाचरण भट्टाचार्य लेनस्थित आफ्नो घरमा परिवारसित बस्छन्। परिवारले पुलिसलाई बताएको छ, राष्ट्रिय टीम ट्रायलको लागि चयन भएपछि उनले प्रतिदिन बिहान चाँड़ै उठेर नियमित अभ्यास गर्दै आएकी छन्। परिवारले यो पनि स्पष्ट पारेको छ, अहिलेघरि परिवारको कुनै पनि सदस्यसित उनको विवाद वा मतभेद भएको थिएन्।
यस घटनापछि परिवार गहिरो शोकमा परेको छ। उनी अचानक बेपत्ता भएको घटनाले विभिन्न प्रश्नहरू उठाइरहेको छ। दमयन्तीका मित्रगण, छर-छिमेकी तथा शुटिङ्ग समुदायसित जोड़िएका खेलाड़ीहरूले पनि उनको सुरक्षित फिर्तीको लागि प्रार्थना गरिरहेका छन्।
हाल पुलिसले सबै पाटो र पक्षहरूलाई ध्यानमा राखेर जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा