
गुवाहाटी, 17 जुलाई (हि.स.)। असममा नित्य उपयोगका आवश्यक खाद्य वस्तुहरूको मूल्य लगातार बढ़िरहेकोले सर्वसाधारण मानिसहरूको भान्साको बजट प्रभावित भइरहेको छ। बितेको एक साताभित्रमा चामल, चीनी, खाद्य तेल, प्याज औ अण्डाको मूल्यमा उल्लेखनीय वृद्धि दर्ता गरिएको छ।
बजारमा सबैभन्दा बढ़ी चामलको मूल्य प्रभावित भएको देखिएको छ। बीपीटी चामलको मूल्य प्रतिकिलोग्राम लगभग 8 रुपियाँ बढ़ेको छ। पहिला 26 किलोग्रामको एउटा बोरो 1,220 रुपियाँमा पाइन्थ्यो भने अहिले बढ़ेर 1,410 रुपियाँसम्म पुगेक छ।यसरी नै सोनाशक्ति चामलको मूल्य पनि धेरै बढ़ेको छ जसबाट मध्यम अनि निम्न आय वर्गका परिवारहरूमाथि अतिरिक्त आर्थिक बोझ थपिएको छ।
चीनीको मूल्य पनि उत्तिकै बढ़ेको छ। बजारमा चीनी जुन केही दिनअघिसम्म 48 रुपियाँ प्रतिकिलोग्राम बिक्री भइरहेको थियो भने अहिले 54 रुपियाँ प्रतिकिलोग्रामसम्म पुगेको छ।यसरी नै प्याजको मूल्य पनि निरन्तर बढ़िरहेको छ जसबाट घरेलु उपभोक्ताहरूसँगसँगै स-साना व्यापारीहरूको लागत पनि बढ़िरहेको छ।
खाद्य तेलको मूल्यमा पनि वृद्धि भएको छ। विभिन्न ब्राण्डका खाद्य तेलको मूल्यमा औसत 5 रुपियाँ प्रतिलीटर वृद्धि भएको छ। अण्डाको मूल्य बढ़्ने सिलसिला पनि लगातार जारी छ। पहिला एक ट्रे अण्डाको मूल्य लगभग 220 रुपियाँ थियो भने अहिले बढ़ेर 270 रुपियाँसम्म पुगेको छ।
लगातार बढ़्दो महँगीलाई लिएर विभिन्न बजारहरूमा उपभोक्ताहरूबीच असन्तुष्टि व्याप्त भएको छ। मानिसहरूको भनाइ छ, आवश्यक खाद्य वस्तुहरूको द्रूत गतिमा बढ़्दो मूल्यलाई प्रभावकारी ढङ्गमा नियन्त्रण गर्नको लागि ठोस कदम उठाउन आवश्यक छ ताकि आम जनतालाई राहत प्राप्त होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा