गोसाई गाउँमा हतियार सहित चार सुपारी किलर पक्राउ
गोसाई गाउँमा हतियार सहित चार सुपारी किलर पक्राउ


कोकराझाड़ (असम), 17 जुलाई (हि.स.)। असमको गोसाई गाउँस्थित बल्लमगुड़ी क्षेत्रमा पुलिसले गए अबेर राति सञ्चालित एक अभियानमा चार जना कथित सुपारी किलर्सलाई हतियार र जिउँदो कारतूससितै पक्राउ गऱ्यो।

कोकराझार पुलिसले आज बताएको छ, बितेको राती गोसाई गाउँ पुलिसले गुप्त सूचनाको आधारमा कारबाही गर्दै चारै जना आरोपीहरूलाई समात्यो। प्रारम्भिक जाँचमा थाहा लागेको छ, सबै आरोपीहरू उत्तर प्रदेशबाट असममा कुनै आपराधिक घटनालाई परिणाम दिने उद्देश्यले आएका थिए।

अभियान अवधि पुलिसले आरोपीहरूको कब्जाबाट एउटा देशी पिस्तोल र जिउँदो कारतुस जफत गऱ्यो। आरोपीहरूको पहिचान उत्तर प्रदेशको बस्ती जिल्ला निवासी धर्मवीर गौतम, विकास चौधरी, सूरज गौतम औ निजामिस अलीको रूपमा भएको छ। पुलिसले मामिलाको गहन जाँच गरिरहेको छ। साथै यिनीहरूको सम्भावित आपराधिक नेटवर्कको बरेमा पनि जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande