अरविन्द केजरीवालले नीट-यूजी टपर आर्यनलाई दिए बधाई
अरविन्द केजरीवालले नीट-यूजी टपर आर्यनलाई दिए बधाई


नयाँ दिल्ली, 17 जुलाई (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक औ दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले नीट-यूजी परीक्षाका टपर आर्यनलाई बधाई दिँदै उनको उपलब्धिको सराहना गरे। उनले भने, आर्यनले आफ्नो परिवार मात्र नभएर सम्पूर्ण पञ्जाबको सुनाम फैलाएका छन्। उनी देशभरिका लाखौं विद्यार्थीहरूका प्रेरणा हुन्।

अरविन्द केजरीवालले शुक्रवार सोशल मीडिया एक्समा आफ्नो सन्देशमा लेखे, नीट-यूजी परीक्षामा टपर हुने आर्यनलाई बधाई। पञ्जाबलाई गौरवान्वित तुल्याएका छन्। देशभरिका लाखौं विद्यार्थीहरूका लागि एक साँचो प्रेरणा हुन्। उनले परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने सबै विद्यार्थीहरूलाई पनि शुभकामना दिँदै अघि भने, उनीहरूले आफ्ना माता-पिता, शिक्षकगण अनि देशको सुनाम फैलाएका छन्।

केजरीवालले ती विद्यार्थीहरूको पनि मनोबल बढ़ाए जसले यसपालि अपेक्षित सफलता हासिल गर्न सकेनन्। उनले भने, यसपालि सफल हुन नसकेका विद्यार्थीहरू निराश नहुनुहोस्। मिहेनत गरिरहनुहोस्। सबै विद्यार्थीहरू एक दिन अवश्य सफल हुनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande