कामाख्या कोरिडोर, मिशन बसुन्दरा 4.0 सहित अन्य केही घोषणाहरू मुख्यमन्त्रीले गरे
कामाख्या कोरिडोर, मिशन बसुन्दरा 4.0 सहित अन्य केही घोषणाहरू मुख्यमन्त्रीले गरे


गुवाहाटी, 17 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गए बिहीवार अबेर राति फेसबुक लाइभमा धर्म, भूमि सुधार, रोजगार, शहरी विकास औ चिया उद्योगसित सम्बन्धित केही महत्वपूर्ण घोषणाहरू गरे।

मुख्यमन्त्रीले भने, काशी विश्वनाथ कोरिडोरको जस्तै कामाख्या कोरिडोरको निर्माण गरिनेछ जसमा लगभग 5 सय करोड़ रुपियाँ खर्च गरिनेछ।

उनले बताए, मिशन बसुन्धराबाट अहिलेसम्ममा 10 लाखभन्दा अधिक परिवार लाभान्वित भइसकेका छन्। साथै आगामी 25 दिसम्बरदेखि मिशन बसुन्धरा 4.0 शुरू गरिनेछ। भूमि सम्बन्धी सिकायत तथा सुझाउहरूको लागि चाँड़ै एउटा विशेष पोर्टल शुरू गरिनेछ।

मुख्यमन्त्रीले भने, गुवाहाटीक फ्लाइओभरमा भर्टिकल गार्डन बनाउने कार्य शुरू भएको छ भने राज्यका अन्य शहरहरूका फ्लाइओभरहरूमा पनि यस्तै पहल गरिनेछ। उनले भने, दुई लाख सरकारी नोकरी दिने सङ्कल्पलाई पूरा गर्नको लागि प्रक्रियालाई तीव्रता दिइएको छ। आगामी 6 र 7 अगस्तदेखि निजुत मोइना र निजुत बाबू योजनाहरूको प्रमाणपत्र वितरण गरिनेछ।

डा. सरमाले लाचित बरफूकनको जीवनमाथि आधारित हिन्दी फिल्म बनाउने योजनाको पनि घोषणा गर्दै अघि भने, असमको माचा (Matcha) चियालाई वैश्विक बजारसम्म पुऱ्याइँदैछ। साथै सीटीसी चियाको निर्यातलाई प्रोत्साहित गर्नका लागि निर्यातकहरूलाई सरकारी प्रोत्साहन (सब्सिडी) दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande