वज्रपातमा ज्यान गुमाउने किसान परिवारलाई चार लाख रुपियाँको आर्थिक सहयोग
वज्रपातमा ज्यान गुमाउने किसान परिवारलाई चार लाख रुपियाँको आर्थिक सहयोग


पश्चिम मेदिनीपुर, 17 जुलाई (हि. स.)। नारायणगढ़को गुड़तला गाउँमा खेतमा काम गरिरहेका एक जना किसानको मृत्यु भएको 24 घण्टा बित्दा-नबित्दै राज्य सरकारको पक्षबाट मृतकको परिवारलाई चार लाख रुपियाको आर्थिक सहायता प्रदान गरियो गए बिहीवार राती विधायक रमाप्रसाद गिरी तथा प्रशासनिक अधिकारीहरूले शोकसन्तप्त परिवारलाई सहायता राशिको चेक सुम्पिए।

उल्लेखनीय छ, गत बुधवार अपरान्ह नारायणगढ़ खण्डका हेमचन्द्र ग्राम पञ्चायत अन्तर्गत गुड़तला गाउँमा यो दुर्घटना भएको थियो। पुलिस अनुसार मृतक किसानको नाम अमल साहु (44) थियो।

स्थानीय तथा पुलिस सूत्र अनुसार अमल साहुले गत बुधवार अपरान्ह आफ्नो खेतमा कृषि कार्य गरिरहेका थिए। घना वर्षासितै वज्रपात हुन थाल्यो।यसै अवधि वज्रपातको चपेटमा परी उनी गम्भीर रूपमा जले। स्थानीय मानिसहरू एवं खेतमा काम गर्ने मानिसहरू उनलाई सहयोग गर्न उनीकहाँ पुगे, तर उनको घटनास्थलमै मृत्यु भयो।

घटनाको सूचना पाएर बुधवार रात्रि नारायणगढ़का विधायक रमाप्रसाद गिरी मृतकको घरमा पुगे अनि परिवारजनसित भेट गरी उनीहरूलाई सान्त्वाना दिए। उनले शीघ्र सरकारी सहायता उपलब्ध गराउने आश्वासन पनि दिए।

विधायकको पहल तथा प्रशासनको तत्परताले गए बिहीवार नै मृतक किसान परिवारलाई आर्थिक सहायता प्रदान गरियो। यस अवसरमा अतिरिक्त जिल्लाधिकारी (पञ्चायत), नारायणगढ़का खण्ड विकास अधिकारी सौमेन्द्रनाथ पाल, विधायक रमाप्रसाद गिरी, बेलदा थानाका पुलिस अधिकारी तथा अन्य प्रशासनिक अधिकारी मृतकको घरमा पुगे। अधिकारीहरूले पीड़ित परिवारसित भेट गरी राज्यको आपदा प्रबन्धन विभागको पक्षबाट चार लाख रुपियाँको चेक सुम्पिए।

यस सम्बन्धमा विधायक रमाप्रसाद गिरीले भने, घटनाको जानकारी पाएको तत्कालै उनीहरूले मुख्यमन्त्रीलाई घटनाबारे अवगत गराएका थिए। जिल्लाधिकारीद्वारा परिवारलाई चाँड़ै सहायता प्रदान गर्ने जानकारी दिइएको थियो। सोही अनुरूप सबै सरकारी प्रक्रियाहरू पूरा बिहीवार राती परिवारको हातमा चार लाख रुपियाँको चेक प्रदान गरियो। भविष्यमा पनि प्रशासन अनि जनप्रतिनिधिको रूपमा उनीहरूको परिवारको साथमा रहनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande