अमृत भारत स्टेशन योजना अन्तर्गत आधुनिक भयो मजबाट रेलवे स्टेशन
अमृत भारत स्टेशन योजना अन्तर्गत आधुनिक भयो मजबाट रेलवे स्टेशन


शोणितपुर (असम), 17 जुलाई (हि.स.)। असमको शताब्दी पुरानो मजबाट रेलवे स्टेशनलाई अमृत भारत स्टेशन योजना अन्तर्गत आधुनिक स्वरूपमा विकसित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भीडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट यसको लोकार्पण गरे।

लगभग 10 करोड़ रुपियाँको लागतमा स्टेशनको आधुनिकीकरण गरिएको छ। यात्रीहरूको सुविधाको लागि यहाँ आधुनिक सुविधाहरू विकसित गरिएको छ जसबाट रेल सेवा अनि यात्री सुविधाहरूमा उल्लेखनीय सुधार आउनेछ।

अमृत भारत स्टेशन योजना अन्तर्गत आधुनिक बनाइएको मजबाट रेलवे स्टेशन असमको दोस्रो रेलवे स्टेशन हो जसलाई राज्यको रेलवेको पूर्वाधार विकास अनि श्रेष्ठ कनेक्टिभिटीको दिशामा एक महत्वपूर्ण उपलब्धि मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande