
कोलकाता, 17 जुलाई (हि.स.)। मुर्शिदाबाद जिल्लाको कर्णसुवर्ण रेलवे फाटकमा शुक्रवार बिहान भएको भीषण रेल दुर्घटनाको प्रारम्भिक जाँचमा गेट म्यानले गम्भीर लापरवाही गरेको खुलासा भएको छ। पुलिस र रेलवेको शुरूआती जाँच अनुसार ड्यूटीमा तैनाथ गेट म्यान कथित रूपमा मातेको थियो जसले गर्दा रेल आइरहेको सूचना पाएर पनि गेट बन्द गरेन। यस दुर्घटनामा तीन जना स्कूले नानीहरू सहित चार जना मानिसहरूको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर रूपमा घाइते भएका छन्।
प्रारम्भिक जाँच अनुसार निमतिता-कटवा लोकल ट्रेन डाउन लाइनमा द्रूत गतिमा आइरहेको थियो। गेट म्यानलाई यसको सूचना दिइएको थियो,तर उसले समयमा फाटक बन्द गरेन। फाटक खुला रहेको कारणले स्कूल भ्यान चालकले रेल लाइन पार गर्ने प्रयास गऱ्यो। यसै अवधि द्रूत गतिमा आइरहेको ट्रेनले भ्यानलाई ठक्कर दियो जसबाट ठूलो दुर्घटना भयो।
घटना घटेको तुरून्तैपछि रेलवेले गेट म्यानलाई कर्तव्यमा घोर लापरवाही गरेको आरोपमा निलम्बित गरियो। पछि पुलिसले उसलाई पक्राउ गऱ्यो। प्रत्यक्षदर्शीहरू अनुसार पक्रा पर्ना पनि गेट म्यान नशामै थियो।
स्थानीय मानिसहरूले आरोप लगाएका छन्, सम्बन्धित गेट म्यानविरूद्ध पहिला पनि कैयौं पटक रेलवे अधिकारीहरूसित सिकायत गरिएको थियो।उनीहरूको भनाइ छ, उ ड्यूटीमा प्रायजसो नै मातेको हुन्छ। कैयौं पटक रेल गइसक्दा पनि उसले फाटक खोल्न बिर्सिन्थ्यो जसले गर्दा रेल लाइनको दुवै तर्फ लामो समयसम्म जाम लाग्थ्यो। स्थानीय मानिसहरूको भनाइ छ, उसको लापरवाहीले एक दिन निश्चय पनि ठूलो दुर्घटना हुने शङ्का उनीहरूलाई पहिलाबाटै लागेको थियो।
यस दुर्घटना तीन जना स्कूले नानीहरूको घटनास्थलमै मृत्यु भयो भने तीन जना नानीहरू सहित चार जना घाइतेहरूको बहरमपुर मेडिकल कलेज एवं अस्पतालमा उपचार भइरहेको छ जहाँ उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनाबारे जानकारी पाउनसाथ कङ्ग्रेसका वरिष्ठ नेता औ बहरमपुरका पूर्व सांसद अधिर रञ्जन चौधरी घटनास्थलमा पुगे। उनले भने, प्रथम दृष्टया दुर्घटनाको लागि गेट म्यानको लापरवाही जिम्मेवार देखिन्छ। तर रेलवेको बुनियादी ढाँचा र सुरक्षा व्यवस्थाको पनि गहन जाँच हुनुपर्छ। उनले भने,यो पनि स्पष्ट पार्नुपर्छ कि गेट म्यान स्थायी कर्चारी थियो कि बाहिरको एजेन्सीको माध्यमबाट नियुक्त गरिएको थियो तथा उसलाई पर्याप्त प्रशिक्ष दिइएको थियो कि थिएन।
पुलिस औ रेलवेले मामिलाको विस्तृत जाँच शुरू गरेको छ। अधिकारीहरूको भनाइ छ, सबै पक्षहरूको जाँच गरिएपछि अन्तिम रिपोर्ट तयार गरिनेछ अनि दोषीहरूविरूद्ध नियमानुसार कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा