नन्दीग्रामः रथ बिजुलीको तारको सम्पर्कमा परेर 25 जना श्रद्धालुहरू घाइते
नन्दीग्रामः रथ बिजुलीको तारको सम्पर्कमा परेर 25 जना श्रद्धालुहरू घाइते


पूर्व मेदिनीपुर, 17 जुलाई (हि. स.)। जिल्लाको नन्दीग्राममा आयोजित रथयात्रा अवधि गए बिहीवार साँझ ठूलो दुर्घटना भयो। नन्दीग्राम-एक खण्डको तेखाली क्षेत्रमा माथिबाट गुज्रिरहेको बिजुलीको तारको सम्पर्कमा रथ परेर लगभग 25 जना मानिसहरू करेन्टको चपेटमा परी घाइते भए।

स्थानीय प्रशासन अनुसार घाइतेहरूमध्ये 15 जनालाई प्राथमिक उपचार पश्चात अस्पतालबाट छुट्टी दिइयो भने 10 जनाको उपचार नन्दीग्राम सुपर स्पेशियलिटी अस्पतालमा भइरहेको छ।

सूत्र अनुसार पछिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि तेखाली बजार व्यवसायी समितिद्वारा रथयात्राको आयोजन गरिएको थियो। साँझको समयमा व्यापक मात्रामा श्रद्धालुहरू रथ तान्न अनि दर्शन गर्नका लागि भेला भएका थिए। रथ अगाड़ि बढ़िरहेको थियो अचानक रथको टुप्पोले बिजुलीको तार छोयो। रथमा फलाम अनि काठको संरचना भएको काकरणले करेन्ट फैलियो जसले गर्दा रथलाई स्पर्श गर्ने मानिसहरूको यसको चपेटमा परे।

नन्दीग्राम थाना प्रभारी अजय मिश्रले बताए, घाइतेहरूलाई अस्पतालमा पुऱ्याइयो। प्रारम्भिक जाँचमा दिनभरि परेको पानीले रथ भिजेको कारणले विद्युत प्रवाहको प्रभाव बढ़ेको थाहा लागेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande