जिन्दबाट चल्ने हाइड्रोजन ट्रेन विकसित भारतको गति, सङ्कल्प तथा सामर्थ्यको प्रतीक होः रेखा गुप्ता
जिन्दबाट चल्ने हाइड्रोजन ट्रेन विकसित भारतको गति, सङ्कल्प तथा सामर्थ्यको प्रतीक होः रेखा गुप्ता


नयाँ दिल्ली, 17 जुलाई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भारतकै पहिलो स्वदेशी हाइड्रोजन ट्रेनको शुभारम्भ भएको अवसरमा समस्त हरियाणावासीहरूलाई बधाई एवं शुभकामना दिइन्। उनले भनिन्, यो ऐतिहासिक उपलब्धि हरियाणाको मात्र होइन, सम्पूर्ण देशको लागि गर्व, गौरव र आत्मविश्वासको क्षण हो।

मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार एक्समा पोस्ट गरी आफ्नो सन्देशमा भनिन्, आजको दिनले उनको लागि विशेष भावनात्मक महत्व राख्दछ, किनभने उनको बाल्यकाल हरियाणाको जिन्दमा बितेको थियो। त्यै धरतीबाट आज भारतको भविष्यको नयाँ यात्रा शुरू भएको छ। उनले भनिन्स जिन्दबाट चल्ने हाइड्रोजन ट्रेन विकसित भारतको गति, सङ्कल्प औ सामर्थ्यको प्रतीक हो।

रेखा गुप्ताले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतले नवाचार, आत्मनिर्भरता औ हरित ऊर्जाको नयाँ युगको नेतृत्व गरिरहेको छ। उनले भनिन्, हाइड्रोजन ट्रेनको शुभारम्भ देशको स्वच्छ औ टिकाऊ परिवहनको दिशामा एक महत्वपूर्ण कदम हो।

मुख्यमन्त्री गुप्ताले भनिन्, दिल्ली सरकारले पनि प्रधानमन्त्रीको नेतृत्वमा मेट्रोको विस्तार, इलेक्ट्रिक बसहरू, ईभी इन्फ्रास्ट्रक्चर औ स्वच्छ सार्वजनिक परिवहनलाई प्रोत्साहित गरेर विकसित भारतको सङ्कल्पलाई मजबुत बनाइरहेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande