
कोकराझाड़ (असम), 17 जुलाई (हि.स.)। बोडोल्याण्ड प्रादेशिक परिषद (बीटीसी)- का प्रमुख हग्रामा मोहिलारीले बोडोल्याण्ड क्षेत्रीय क्षेत्र (बीटीआर) -मा धार्मिक, सांस्कृतिक औ आधारभूत विकासलाई प्रोत्साहन गर्नका लागि केही महत्वपूर्ण परियोजनाहरूको घोषणा गरेका छन्। उनले भने, परिषदले सबै धर्म अनि समुदायहरूलाई समान सम्मान दिने नीतिमाथि काम गरिरहेको छ। यसै नीति अन्तर्गत विभिन्न धार्मिक एवं सांस्कृतिक स्थलहरूको विकास गर्नको लागि व्यापक रूपमा निवेश गरिनेछ।
शुक्रवार एक कार्यक्रममा भाग लिएपछि पत्रकारहरूसित बातचित गर्दै मोहिलारीले बताए, बीटीआरमा लगभग 30 करोड़ रुपियाँको लागतमा इस्कन जगन्नाथ मन्दिरको निर्माण गरिनेछ। यो परियोजना धार्मिक आस्थाको केन्द्र मात्र नभएर क्षेत्रमा पर्यटन अनि सांस्कृतिक गतिविधिहरूलाई पनि प्रोत्साहित गर्नेछ।
उनले बताए, ब्रह्म धर्मका अनुयायीहरूका लागि लगभग 10 करोड़ रुपियाँको लागतमा एक विशेष विकास परियोजना शुरू गरिनेछ। यस योजना अन्तर्गत धार्मिक अनि सामुदायिक सुविधाहरूलाई विस्तार गरिनेछ ताकि अनुयायीहरूले श्रेष्ठ आधारभूत सुविधा उपलब्ध हुनसकोस्।
मोहिलारीले भने, क्षेत्रको मनोरञ्जन तथा सार्वजनिक सुविधाहरूलाई मजबुत बनाउने उद्देश्यले दश करोड़ रुपियाँको लागतमा जुबिन पार्कको निर्माम गरिनेछ। यस अतिरिक्त सूफी सन्त अजान फकिरसित सम्बन्धित स्थललाई संरक्षण एवं विकास गर्नको लागि दश करोड़ रुपियाँको परियोजनालाई स्वीकृत गरिएको छ। उनले भने, यी स्थलहरूको विकास सांस्कृतिक धरोहरलाई संरक्षण गर्न अनि धार्मिक सौहार्दलाई मजबुत बनाउने दिशामा महत्वपूर्ण कदम हुनेछ।
बीटीसी प्रमुखले भने, विकास योजना कुनै एउटा वर्गसम्म मात्र सीमित रहनेछैन। सबै समुदायको धार्मिक, सांस्कृतिक तथा सामाजिक आवश्यकताहरूलाई ध्यानमा राखेर लागू गरिनेछ। उनले बताए, यी परियोजनाहरू अतिरिक्त पनि बीटीआरका विभिन्न क्षेत्रहरूमा केही विकास योजनाहरू चरणवद्ध रूपमा लागू गरिनेछ जसको उद्देश्य आधारभूत ढाँचालाई सशक्त बनाउनु, सांस्कृतिक धरोहरूलाई संरक्षण गर्नु, सामाजिक सौहार्दलाई प्रेरित गर्नु तथा क्षेत्रको समग्र विकासलाई नयां गति दिनु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा