मणिपुरमा दुई उग्रवादी पक्राउ, हतियार अनि कगद जफत
मणिपुरमा दुई उग्रवादी पक्राउ, हतियार अनि कगद जफत


इम्फाल, 17 जुलाई (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले बितेको 24 घण्टाभित्रमा सञ्चालित भिन्न-भिन्न अभियानहरूमा दुई जना उग्रवादीहरूलाई पक्राउ गरेको छ। मणिपुर पुलिसले चोरीको एउटा दुई चक्के वाहनलाई पनि जफत गरेको छ।

मणिपुर पुलिस मुख्यालयद्वारा आज जारी बयानमा बताइएको छ, गए 16 जुलाईको दिन सुरक्षा बलहरूले विष्णुपुर जिल्लाको निङ्गथौखोङ्ग लोकतक प्रोजेक्ट क्षेत्रबाट मणिपुर पीपुल्स डिफेन्स फोर्स (एमपीडीएफ)- का क्याडर खुन्द्राकपम बोयनाओ मैतेई (25)-लाई पक्राउ गरे जसको कब्जाबाट एउटा.32 पिस्तोल, पाँच वटा जिउँदो कारतुसले भरिएको म्यागजिन तथा एक लाख रुपियाँ नगद जफत गरियो।

यसै दिन सुरक्षा बलहरूले थौबल जिल्लाको वाङ्गजिङ्ग बजार लामदिङ्ग ल्याशराम लेइकाईस्थित निजी आवासबाट केसीपी (पीडब्ल्यूजी)- का सक्रिय क्याडर टौरङ्गबाम डेभिड सिंह उपनाम सनाम्बा (24)-लाई पक्राउ गरे।

यसअघि पनि मणिपुर पुलिसले काकचिङ्ग जिल्लाको सोरा आवाङ्ग लेइकाई क्षेत्रबाट एउटा होण्डा डियो स्कुटी जफत गऱ्यो जसलाई इम्फाल पूर्वको एण्ड्रो पार्किङ्ग क्षेत्रबाट चोरी गरिएको थियो।

सबै मामिलाहरूको अग्रिम जाँच भइरहेको पुलिसले बताएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande