एउटै परिवारमा दुई गम्भीर बिरामी : आर्थिक सहयोगका लागि समाजसँग अपील
बिरामी व्यक्ति


सोनादा, 17 जुलाई (हि.स.)। रङ्गमुक सिडर्स चियाबारी अन्तर्गत रङ्गमुक चियाबारी लोवर बीच गाउँ, हुलाक सोनादा दार्जिलिङको एक विपन्न परिवारमा एकैसाथ दुईजना सदस्य गम्भीर रोगबाट पीडित भएपछि परिवार अहिले अत्यन्तै कठिन अवस्थामा पुगेको छ। परिवारकी कान्छी सदस्य दिलकुमारी राई जन्मदेखि नै अबोला छन् र हालै मात्र उनलाई लिभर क्यान्सर भएको पुष्टि भएको छ। अर्की माईली सदस्य दिपा राई भने विगत दुई वर्षदेखि ब्रेन स्ट्रोकका कारण ओछ्यानमै थलिएकी छन्।

परिवारमा केवल तीनजना सदस्य मात्र रहेका छन्। कान्छा भाई सुवास राई चिया बगानमा कार्यरत भए पनि सम्बन्धित चिया बगान विगत 3-4 वर्षदेखि बन्द रहेको कारण नियमित आम्दानीको स्रोत छैन। यस्तो अवस्थामा परिवारको सम्पूर्ण आर्थिक जिम्मेवारी बहन गर्न उनलाई हम्मेहम्मे परेको छ। दुई दिदीहरू एकपछि अर्को गम्भीर रोगको चपेटामा परेपछि उपचार खर्च जुटाउन परिवार पूर्ण रूपमा लाचार अवस्थामा पुगेको छ। औषधि, उपचार, अस्पताल आवतजावत तथा दैनिक जीवनयापनसमेत धान्न कठिन भइरहेको परिवारले जनाएको छ। यसैबीच, पीडित परिवारले सम्पूर्ण समाज, संघ–संस्था, सामाजिक अभियन्ता तथा सहयोगी मन भएका व्यक्तिहरूसमक्ष आर्थिक सहयोगका लागि हार्दिक अपील गरेको छ। सानो सहयोगले पनि दुई बिरामीको उपचारमा ठूलो राहत पुग्ने विश्वास परिवारले व्यक्त गरेको छ। सहयोग गर्न इच्छुक महानुभावहरूले परिवारसँग प्रत्यक्ष सम्पर्क गरी आवश्यक सहयोग उपलब्ध गराइदिन अनुरोध गरिएको छ।

CENTRAL BANK OF INDIA

NAME & ADDRESS ACCOUNT HOLDER- SUBASH RAI

A/C NUMBER-3340931735

IFSC-CBIN0280978

MOBILE NUMBER-

+917812092669

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande