
उदालगुड़ी (असम), 17 जुलाई (हि.स.)। असमको उदालगुड़ी जिल्ला अन्तर्गत गरुवाझार क्षेत्रमा भएको एक पीड़ादायी दुर्घटनामा दुई दिदी-भाइको तलाउमा डुबेर मृत्यु भयो। पुलिसले आज बतायो, दुई जना नानीहरू घर नजिकै तलाउमा नुहाउन गएका थिए जहाँ यो दुर्घटना भयो।
मृत बाल-बालिकाको पहिचान गरुवाझार निवासी नौ वर्षीय छिदुल अली र आठ वर्षीय इकरामुल हुसैनको रूपमा गरिएको छ। घटनापछि सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ। पुलिसले आवश्यक कानूनी कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा