
गान्तोक, 17 जुलाई (हि.स.)। केन्द्रिय संयुक्त कार्य समिति– अल लोकल ट्याक्सी, गान्तोकका सदस्यहरूले आज बिहान मिन्तोकगाङमा मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग शिष्टाचार भेट गरे। प्रतिनिधिमण्डलको अगुवाई समितिका अध्यक्ष कर्मा छिरिङ तामाङले गरेको थियो।
प्रतिनिधिमण्डलले आगामी 23 जुलाईमा आयोजना हुने अल सिक्किम सारथी आइडल- सिजन २ को भव्य समापनमा मुख्यमन्त्रीलाई भाग लिन निमन्त्रणा दिए। मुख्यमन्त्रीले निमन्त्रणाको लागि समितिलाई हार्दिक धन्यवाद दिॅंदै कार्यक्रमको सफल सञ्चालनको लागि शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले यस अद्वितीय पहल मार्फत प्रतिभालाई प्रवर्द्धन गर्ने र एकतालाई बढावा दिने सबै सहभागीहरू र आयोजकहरूलाई हार्दिक धन्यवाद पनि दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल