मन्त्री अग्निमित्रा पालको कड़ा चेताउनी- मेरो नाममा उसुलीलाई सहन गरिनेछैन
मन्त्री अग्निमित्रा पालको कड़ा चेताउनी- मेरो नाममा उसुलीलाई सहन गरिनेछैन


पश्चिम बर्दवान, 18 जुलाई (हि.स.)। राज्यकी नगर विकास एवं नगर उन्नयन मन्त्री तथा आसनसोल दक्षिणकी विधायक अग्निमित्रा पालले उनको नाममा कथित रूपमा गरिरहेको असुली, कटमनी, सिण्डिकेट औ एक्सटर्शनको मामिलालाई लिएर कड़ा कदम उठाएकी छन्। उनले एउटा भिडीयो सन्देश जारी गरी आम जनतासित अपील गरिन्, यदि कुनै व्यक्तिले उनको, मुख्यमन्त्रीको वा सरकारका कुनै पनि मन्त्रीको नाममा पैसा माग्छ उने तत्काल त्यसको सिकायत गरियोस्।

अग्निमित्रा पालले भनिन्, बितेका केही दिनदेखिको उनीकहाँ लगातार सिकायतहरू आइरहेका छन्- केही मानिसहरूले उनको नाममा बजार तथा व्यापारीहरूबाट पैसा असुल्ने प्रयास गरिरहेका छन्। उनले स्पष्ट शब्दमा भनिन्, यस किसिमको गतिविधिहरूलाई कुनै पनि मूल्यमा सहन गरिनेछैन।

उनले भनिन्, मुख्यमन्त्रीले पहिलाबाटै स्पष्ट निर्देश दिसकेका छन् कि कटमनी, गुण्डा ट्याक्स, सिण्डिकेट औ बलजफ्ती असुली गर्नेहरूविरूद्ध कड़ा कारबाही गरिनेछ। यदि आवश्यकता परे उनले स्वयं पनि मानिसहरूविरूद्ध कड़ा कदम उठाउनेछन्।

मन्त्रीले मानिसहरूसित अपील गरिन्, कुनै पनि सिकायतसित ठोस प्रमाण अवश्य राख्नुहोला। उनले भने, कैयौं पटक कतिपय मानिसहरूले कसैलाई बदनाम गर्नको लागि उनीहरूको नाम प्रयोग गर्नसक्छ, त्यसैले प्रमाण बिना कुनै पनि आरोपमा कारबाही गर्नु सम्भव हुँदैन।

अग्निमित्रा पालले मानिसहरूलाई सतर्क गराउँदै भनिन्, कुनै व्यक्तिसित उनको तस्वीरलाई देखेर त्यसमाथि विश्वास नगरियोस्। हजारौं मानिसहरूसित उनको यस्ता तस्वीरहरू छन्। त्यसैले कुनै पनि व्यक्तिले फोटो देखाएर उनले पठाएको हो भनेर दाबी गऱ्यो भने त्यसमाथि भरोसा नगरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande