कपालेस्वरीमा जलस्तर बढ़ेर बाँसको साँगो भत्कियो, क्षेत्रवासी चिन्तित
कपालेस्वरीमा जलस्तर बढ़ेर बाँसको साँगो भत्कियो, क्षेत्रवासी चिन्तित


मेदिनीपुर, 18 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको सबङ्ग खण्डमा कपालेस्वरी नदीको जलस्तर बढ़ेर तथा नदीमा प्रचुर मात्रामा थुप्रिएको जलकुम्भी झारको दबावले फतेचक तथा कसबा सबङ्ग क्षेत्रमाझ यातायातको एकमात्र साधन बाँसको पुल आंशिक रूपमा भत्किएको छ। यसले गर्दा दुवै गाउँका मानिसहरूलाई ओहोर-दोहोर गर्नमा कष्ट भइरहेको छ।

स्थानीय मानिसहरू अनुसार बितेको 30-40 वर्षदेखिकै क्षेत्रमा स्थायी पुल निर्माण गर्ने माग गरिँदै आइरहेको भए पनि अहिलेसम्म यो माग पूरा हुन सकेको छैन। यसले गर्दा ग्रामीणीहरूले प्रतिवर्ष आफ्नै खर्चमा बाँसको साँगो बनाउने साथै त्यसको मरम्मत गर्ने कार्य गर्दै आइरहेका छन्।

यस वर्ष निम्न दबावको प्रभावले लगातार वर्षा भइरहेकोले कपालेस्वरी नदीको जलस्तर धेरै बढ़ेको छ। यसको साथै पानीले भारी मात्रामा बगाएर ल्याएको जलकुम्भी झारको दबावले गर्दा बाँंसको साँगोको एक भाग भत्किएको छ। परिणामस्वरूप विद्यालय अनि महाविद्यालय जाने विद्यार्थीहरू, कामकाजी मानिसहरू तथा दैनिक आवश्यक कार्यको लागि आवत-जावत गर्ने ग्रामीणहरूलाई ठूलो समस्या भइरहेको छ।

समस्याको आंशिक समाधानका लागि ग्रामीणहरूले गए शुक्रवार साँझदेखि नै आफ्नो स्तरमा साँगो मरम्मत गर्ने कार्य शुरू गरिसकेका छन् भने नदीबाट जलकुम्भीको झारलाई हटाएर साँगोमाथि पर्ने दबावलाई कम गर्ने प्रयास पनि गरिरहेका छन्।

स्थानीय बुजुर्ग असीम दासको भनाइ छ, उनीहरूलाई प्रत्येक वर्ष यो समस्याको सामना गर्नुपर्छ। अत्यन्त कष्टप्रद जीवन बिताउनुपर्छ। त्यसैले स्थानीय मानिसहरूको मान्यता छ, अस्थायी बाँसको पुलको सट्टा यथाशीघ्र स्थायी कङ्क्रीटको पुल निर्माण गरिदिए जनजीवन सहज हुनेथ्यो। उनले यस मामिलामा प्रशासनसित तत्काल हस्तक्षेप गरिदिने माग समेत गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande