बेपत्ता निशानाबाज दमयन्ती सेनलाई सकुशल भेटियो, तनाउको कारणले घर छोड़ेको बताइन्
बेपत्ता निशानाबाज दमयन्ती सेनलाई सकुशल भेटियो, तनाउको कारणले घर छोड़ेको बताइन्


हावड़ा, 18 जुलाई (हि.स.)। हावड़ाबाट बेपत्ता भएकी 15 वर्षीय राष्ट्रिय स्तरका राइफल निशानाबाज दमयन्ती सेनलाई शनिवार बिहान सकुशल भेटिएको छ। हावड़ा सिटी पुलिसले बतायो, दमयन्तीलाई आज बिहान हावड़ाको रामकृष्णपुर घाट क्षेत्रबाट खोजेर निकालियो। हाल उनी हावड़ा थानाको निगरानीमा छन् भने मामिलाको अग्रिम कानूनी प्रक्रिया पूरा गरिँदैछ।

दमयन्ती सेन, ध्रुवज्योति सेनकी पुत्री हुन् जो हावड़ाको उमाचरण भट्टाचार्य लेनकी निवासी हुन्। तिनी बितेका दुई दिनअघि बिहानै घरबाट हिँड़ेकी थिइन् जसपश्चात उनको परिवारले बेपत्ता भएको सिकायत दर्ता गराएको थियो। प्रारम्भिक जाँचमा सीसीटीभी फुटेजमा उनलाई हावड़ा रेलवे स्टेशनमा देखिएको थियो जसपश्चात पुलिसले टीमहरू गठन गरेर उनलाई खोज्न शुरू गरेको थियो। मामिला यसकारणले पनि चर्चामा आएको थियो, किनभने दमयन्ती हालैमा राष्ट्रिय टीमको ट्रायलको लागि चयनित भएकी थिइन्।

हावड़ा सिटी पुलिसद्वारा शनिवार जारी आधिकारिक बयान अनुसार दमयन्तीले प्रारम्भिक जाँचबुझमा बताएकी छन्, खेल अनि पढ़ाईबीच सन्तुलन राख्दा उनलाई अत्यधिक मानसिक तनाउ भएको थियो। त्यसैले उनले घर छोड़ेकी हुन्। घर छोड़ेर हिँड़ेपछि उनले विभिन्न स्थानहरूको भ्रमण गरिन्। पछि उनी आफ्नो गृह नगर हावड़ा फर्केर आइन् जहाँको रामकृष्ण घाट क्षेत्रमा उनलाई भेटियो।

पुलिसले स्पष्ट पारेको छ, दमयनन्तीद्वारा दिइएको बयानको अहिले सत्यापन हुन हाँकी छ। त्यसैले जाँच जारी रहनेछ,सबै तथ्यहरूको पुष्टि भएपछि मात्र मामिलामा अन्तिम निष्कर्ष निकालिनेछ। हाल किशोरी सुरक्षित छन् भने हावड़ा पुलिसको संरक्षणमा बसेर आवश्यक कानूनी औपचारिकता पूरा गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande