
मेदिनीपुर, 18 जुलाई (हि.स.)। पश्चिम बङ्गालको पूर्व मेदिनीपुर जिल्लास्थित एगरा थाना अन्तर्गत बस स्ट्याण्ड क्षेत्रमा गए शुक्रवार राती दुई वटा बाइक आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा एकजना किशोरको मृत्यु भयो। मृतकको पहिचान एगराकै गौरदहा गाउँ निवासी सुमन माझी (17)- को रूपमा भएको छ।
प्रत्यक्षदर्शीहरूले बताए, गए शुक्रवार राती लगभग 10 बजे एगरा बस स्ट्याण्डको छेउमा दुई वटा द्रुत गतिको मोटरसाइकल अनियन्त्रित भएर आपस्तमा ठोक्कियो। यस भयानक ठक्करमा दुवै बाइक पूर्ण रूपमा क्षतिग्रस्त भयो भने सुमन सड़कमा झरेर गम्भीर रूपमा घाइते भए।
दुर्घटना भएको आवाज सुनेर स्थानीय मानिसहरू तत्कालै घटनास्थलमा पुगे। स्थानीय मानिसहरूले तत्परता देखाउँदै रगताम्मे भएका सुमनलाई नजिकैको अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले जाँच गरेपछि तिनलाई मृत घोषित गरिदिए। घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा