
नयाँ दिल्ली, 18 जुलाई (हि.स.)। दिल्ली सरकारले फीफा वर्ल्ड कप फाइनललाई मध्यनजर गर्दै राजधानीका रेस्टोरेन्ट्स तथा क्याफेहरूलाई आइतवार रातीदेखि सोमवार बिहान चार बजेसम्म सञ्चालन गर्ने अनुमति दिएको छ।
दिल्लीको मुख्यमन्त्री कार्यालयद्वारा एक्स मार्फत उक्त आशयको जानकारी गराइएको छ जसमा भनिएको छ, हरेक पिँढ़ीलाई आफ्नो वर्ल्ड कप फाइनल याद रहन्छ। दिल्लीलाई पनि यो फाइनल सदैव याद रहनेछ। मुख्यमन्त्रीको नेतृत्वमा पहिलाबाटै शहरमा 24x7 बिजनेस-फ्रेण्डली व्यवस्था लागू भइसकेको छ जसान्तर्गत राजधानीका रेस्टोरेन्ट, क्याफे अनि अन्य योग्य प्रतिष्ठानहरूलाई शनिवारदेखि आइतवार बिहान 4 बजेसम्म खुला राख्न सकिन्छ। यसबाट फुटबल प्रेमीहरूलाई एउटै ठाउँमा फीपा वर्ल्ड कप फाइनल हेर्ने अनि रातलाई अझ स्मरणीय बनाउने अवसर प्राप्त हुनेछ।
यस सम्बन्धमा दिल्लीका पर्यटन मन्त्री कपिल मिश्राले दिल्ली सचिवालयमा आज नेशनल रेस्टोरेन्ट एसोसिएशन अफ इण्डियाका प्रतिनिधिमण्डलसित बैठक गरे। यस बैठकमा भारतीय जनता पार्टी (भाजपा)- की सांसद बाँसुरी स्वराज पनि उपस्थित थिइन्। मन्त्री मिश्राले सनिवार एक्सको पोस्टमा भनिन्, दिल्लीका फुटबल प्रेमीहरूको लागि एउटा ठूलो निर्णय मुख्यमन्त्री रेखा गुप्ताले लिएकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा