
गुवाहाटी, 18 जुलाई (हि.स.)। असमको ओराङ्ग राष्ट्रिय उद्यानमा ड्यूटी गरिरहेका एकजना वनकर्मी आफ्नो सर्भिस राइफलबाट निक्लेको गोली लागेर गम्भीर रूपमा घाइते भए।
घाइते वनकर्मीको पहिचान बिपिन डेकाको रूपमा भएको छ।
प्राप्त जानकारी अनुसार, शनिवार उनी वन विभागको वाहनबाट उत्रिरहेका थिए, अचानक उनको हातमा रहेको सर्भिस राइफलबाट गोली चल्यो जसबाट उनी गम्भीर रूपमा घाइते भए।
घटना भएको तत्कालै अन्य कर्मचारीहरूले उनलाई प्राथमिक उपचारको निम्ति अस्पतालमा पुऱ्याए जहाँबाट उन्नत उपचारको निम्ति उनलाई गुवाहाटी मेडिकल कलेज एवं अस्पताल (जीएमसीएच)-मा रेफर गरियो। उनको अवस्था गम्भीर रहेको कारणले उनको आईसीयूमा उपचार भइरहेको छ।
वन विभागले घटनाको जाँच गर्न शुरू गरेको छ। सर्भिस राइफलबाट अचानक गोली कसरी चल्यो यो पनि पत्तो लगाउने प्रयास गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा