सिपाझारमा बिजुली विभागको लापरवाहीले व्यक्तिको मृत्यु
सिपाझारमा बिजुली विभागको लापरवाहीले व्यक्तिको मृत्यु


दरङ्ग (असम), 18 जुलाई (हि.स.)। असमको सिपाझारमा बिजुली विभागको कथित लापरवाहीले गर्दा एकजना मानिसको करेन्टको चपेटमा परी मृत्यु भयो। मृतकको पहिचान दिम्वेश्वर नाथको रूपमा भएको छ।

भनिन्छ, दिम्वेश्वरको चुँड़िएर तल झरेको हाई-भोल्टेज बिजुलीको तारको चपेटमा परेर मृत्यु भएको हो। आज स्थानीय मानिसहरूले आरोप लगाए, क्षेत्रमा उक्त बिजुलीको तार पछिल्लो धेरै दिनदेखिको खतरनाक स्थितिमा झुण्डिरहेको थियो, तर बिजुली विभागले यसलाई मरम्मत गर्नको निम्ति कुनै कदम उठाएन।

घटनापछि स्थानीय मानिसहरूमा व्यापक आक्रोश व्याप्त भएको छ। उनीहरूले बिजुली विभागको लापरवाहीविरूद्ध कड़ा कारबाही गर्ने अनि क्षेत्रमा जीर्ण बनेका बिजुली लाइनहरूको तत्काल मरम्मत गर्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande