जामुड़ियाको क्यालस्टर स्पञ्ज लिमिटेडमा भीषण फर्नेस ब्लास्ट
जामुड़ियाको क्यालस्टर स्पञ्ज लिमिटेडमा भीषण फर्नेस ब्लास्ट


पश्चिम बर्दवान, 18 जुलाई (हि.स.)। पश्चिम बर्दवान जिल्लाको जामुड़िया इण्डस्ट्रियल एरियाको शेखपुरस्थित क्यालस्टर स्पञ्ज लिमिटेडमा गए शुक्रवार राती लगभग साढ़े नौ बजे स्टील मेल्टिङ्ग शप (एसएमएस)- को फर्नेसमा भएको भयानक विस्फोटले चार जना श्रमिकहरू गम्भीर रूपमा जलेर घाइते भए। यस भयानक विस्फोटको आवाज वरपरका गाउँहरूसम्म सुनियो जसले गर्दा भय व्याप्त हुनको साथै कोकोहोलो मचियो।

प्रत्यक्षदर्शीहरू अनुसार, ब्लास्ट भएपछि फर्नेसबाट निक्लिएको पग्लिएको फलाम कारखाना परिसरमा फैलियो जसले गर्दा राहत अनि बचाउ कार्यमा धेरै समस्या भयो। विस्फोटको सूचना पाउनसाथ ठूलो सङ्ख्यामा स्थानीय मानिसहरू आफन्तहरूको खोजीमा कारखानामा पुगे।

घटना बारे जानकारी पाउनसाथ एसीपी (सेंट्रल), जामुड़िया थाना पुलिस औ दमकलको टीम घटनास्थलमा पुग्यो। राति लगभग सवा दश बजे दमकलकर्मीहरूले आगो निभाउने अनि परिसरलाई सुरक्षित बनाउने अभियान शुरू गरे भने पुलिसले राहत अनि बचाउ कार्यमा सहयोग गऱ्यो।

घाइते चारै जना श्रमिकहरूलाई पहिला रानीगञ्जको एक निजी अस्पतालमा लगियो, तर उनीहरूको गम्भीर अवस्थालाई ध्यानमा राखेर प्राथमिक उपचारपछि दुर्गापुरको एक निजी अस्पतालमा रेफर गरियो। सबै घाइतेहरूको उपचार भइरहेको छ। अहिलेसम्ममा कुनै पनि श्रमिकको मृत्यु भएकोआधिकारिक पुष्टि गरिएको छैन।

पुलिसले घटनास्थलको निरीक्षण गरी दुर्घटनाको जाँच गर्न शुरू गरेको छ। प्राथमिक रूपमा फर्नेस ब्लास्टको कारण पत्तो लगाइँदैछ। दुर्घटनापछि कारखाना प्रबन्धन अनि श्रमिकहरूमा चिन्ताको माहोल उत्पन्न भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande