
लखनऊ, 18 जुलाई (हि.स.)। उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले भने, मुद्दाविहीन विपक्ष अब भ्रमको निच राजनीतिमा झरेको छ। वामपन्थी आवरणको साथमा सोनाम वाङचुकको अनशन पनि त्यसैको एउटा झुटो जिउँदो प्रमाण हो।
उपमुख्यमन्त्रीले शनिवार आफ्नो सोशल मीडिया पोस्टमा लेखे, विपक्षले केही वर्गहरूलाई अलमलाएर कहिले किसान आन्दोलन त कहिले शाहीन बाग, कहिले एसआईर त कहिले घुसपैठको झुटो राजनीति गरेर झुटो प्रयोग गर्नदेखि थाकिरहेको छैन। जनताले उसको हरेक कुत्सित षड़यन्त्रको लोकतान्त्रिक ढङ्गमा जवाफ दिएका छन्। देशका जनताले अब झुटो भ्रमजालमा फस्नको सट्टा विकास, सुरक्षा अनि सुशाधनको आधारमा आफ्नो फसेला लिन्छन्।
केशव प्रसाद मौर्यले लेखे, लोकतन्त्रमा जनता नै जनार्दन हुन् जोसित केही पनि लुकाउन सकिँदैन। सत्ताबाट उछिटिएको विपक्ष र उनीहरूको नेताहरूको व्याकुलता पनि अब उनीहरूको घृणामा परिणत हुन थालेको छ। पछिल्लो 12 वर्षमा यो कुर्लिन थालेको छ। यसबाट स्पष्ट हुन्छ कि देशको भरोसा भारतीय जनता पार्टी (भाजपा) औ प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा लगातार मजबुत भइरहेको छ। लगातार तीन वटा लोकसभा चुनाउ सहित धेरै वटा राज्यहरूको चुनाउ परिणाम राजग-भाजपाको पक्षमा हुनुले यस भरोसामाथि मोहर लगाइदिन्छ।
उपमुख्यमन्त्रीले लेखे, भाजपाको राजनीतिको मल मन्त्र रहेको छ- व्यक्तिभन्दा माथि दल र दलभन्दा माथि देश। त्यसैले विकसित भारतको सङ्कल्पको साथमा जनताको भरोसा लगातार भाजपासित जोड़िरहेको छ। विकसित भारतको सपनालाई साकार बनाउनको लागि हरेक राज्यले विकासको नयाँ शिखरलाई छोइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा